पुर्ण विश्वकर्मा / लीलानाथ कोइराला
मस्कट । ओमन
अाेमनमा रहेको महिला दिदीबहिनीहरुकाे साझा संस्था नेपाली महिला समूह अाेमनले सचिव कुमारी तामाङलाई एक भब्य कार्यक्रमकाे अायाेजना गरि १ फेब्रुअरी शुक्रबारको दिन बिदाई गरेको छ । नेपाली महिला समुहकि महासचिव गाेमा थापा मगरले संचालन गर्नु भएको उक्त बिदाई कार्यक्रमकाे अध्यक्षता महिला समुह अाेमनकि अध्यक्ष उमा ढुंगानाले गर्नु भएको थियोे । अतिथिहरुमा संस्थाकि सस्थापक अध्यक्ष पार्बती श्रेष्ठ र सल्लाहकार बिमला भट्टराईकाे रहेको थियोे ।
स्वागत मन्तव्य दृतिय उपाध्यक्ष गोमा पाण्डेले राख्नु भएको थियो । बिदाई समारोहमा शुभकामना दिदै नेपाली महिला समूह अाेमनकि संस्थापक अध्यक्ष पार्बती श्रेष्ठले सचिव कुमारी तामाङले संस्था सुरु भए देखि नै हालसम्म निरन्तर नेपाली महिला समुहलाइ ठुलो याेगदान दिनु भएको बताउनु भयो ।
प्रमथ उपाध्यक्ष सपना गुरुङल र तृतिय उपाध्यक्ष सारदा तिवारीले बाकी दिनहरूमा पनि सफल रहन शुभकामना दिनुभयो । त्यसैगरि सल्लाहकार बिमला भट्टराईले पनि खुलेर सचिव कुमारी तामाङलाई प्रशंसा गर्दै वहाँकाे अभाव संस्था हुने भए पनि अाफनाे देशमा गएर केही नयाँ कामकाे थालनी गरि बाकी जिबनलाई सफलताको शुभकामना दिनुभयो । उपस्थित सस्थाका पदाधिकारी सदस्यहरु सबैले सचिव तामाङलाई यात्रा सफलताको शुभकामना दिनुका साथै मायाको चिनाे र खादा अाेढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अाफनाे बिदाई मन्तव्य राख्दै सबै साथीहरूले दिनुभएको सम्मान र मायालाई बाचुन्जेल सम्म अाफुले कहिले पनि नभुल्ने सचिब कुमारी तामाङले बताउँनु भयो ।
अन्तिममा बिदाई कार्यक्रमलाई समाप्त गर्दै नेपाली महिला समुहकि अध्यक्ष उमा ढुंगानाले सचिव तामाङ एक कर्मठ, निडर, अाफनाे जिम्मेवारी कुशलताका साथ निभाउन सफल नारी भएको बताउदै सस्थालाई वहाँले दिनुभएको याेगदानलाइ कहिले अाफुले नभुलने बताउदै वहाँका बाकी जिबन नि शुखमय र सफलताका साथ बित्ने छ कार्यक्रमको समापन गर्नु भयो ।