नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दीको संगठन बिस्तार अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा निर्मल पुर्जाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।
कमिटीको उपाध्यक्षमा तीलक थापामगर, सचीवमा कुसुम पुर्जा सह–¬सचिवमा प्रितम फगामी, कोषाध्यक्षमा शान्ती थजालीसहित १७ सदस्य कार्य समिति गठन गरिएको समिर रोकाले बताए ।
नेपाल मगर बिद्यार्थी संघ म्याग्दिको सचिवालय सदस्य बिजय घर्ती मगरले निर्वाचित समितिलाई बधाई दिदै भाषा, सस्कृतीको जगेर्ना गर्न बिद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले बिद्यार्थीहरु सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सदस्य रश्मि रोकाले बिद्यार्थीहरुको समस्याको समाधान गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न बिद्यार्थी संघ जिम्मेवार हुनु पर्ने बताएकी थिइन् ।
नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको सचिवालय सदस्य बिजय घर्तीको अध्यक्षता धौलागिरी क्षेत्रका सदस्य समिर रोकाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Previous Articleजलजला ३ भिरदुलामा भ्यु पोइन्ट स्थापना
Next Article छिमेकीको सहयोग आवश्यक: प्रमओली