प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तिव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नका लगि छिमेकी देशरुबाट बहु–आयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरेका थिए । “नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु” ओलीले भने ।
हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकारलाई ढिलो गर्ने छुट नभएको बताए । तिव्र विकासकालागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको बताउँदै ओलीले भने “तिव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस । आवश्यकता अनुसार मन्त्रिपरिषद् बाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला ।”
प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट परे । “हाम्रो सम्बन्ध प्राचिनकाल देखि हो । प्राकृतिक रुपमा हो । साँस्कृतिक रुपमा पनि हो” ओलीले भने ।
उक्त कार्यक्रममा नेपालका लागि चीनका राजदुत हु यांकीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेका थिए ।