बलिउड स्टार रणवीर कपूर र आलिया भट्ट विगत केही समययता निकै चर्चामा छन् । यी दुईबीचको सम्बन्धलाई लिएर मिडियाहरूले पनि निकै चासो दिने गरेका छन् ।
कट्रिना कैफसँगको सम्बन्ध टुंगिएपछि रणवीर आलियासँग नजिकिएका हुन् । यसैक्रममा हालै यी दुई एकसाथ देखिए ।
एकअर्काको हात समातेर पुलिस अवार्डमा पुगेका रणवीर र आलियालाई मिडियाले नदेख्ने कुरै भएन । यी दुईबीच निकै राम्रो केमेस्ट्री देखिएको थियो ।
फोटो हेर्दा यी दुई एकअर्कासँग निकै कम्पर्टेबल लेखिएका छन् ।
छिट्टै यी दुई एकसाथ पर्दामा देखिँदैछन् । अफस्क्रिनमा झाँगिदै गरेको प्रेमका बीच आउन लागेको फिल्म कलंकलाई यी दुईका फ्यानले प्रतिक्षा गरिरहेका छन् ।
यो रणवीर र आलिया रोमान्सको पहिलो फिल्म हो ।