एजेन्सी – म उत्तर भारतको पुणे भन्ने एउटा सानो शहरमा बस्ने एक २१ वर्षिया महिला विद्यार्थी हुँ । म अहिले सीए परिक्षाका लागि दोस्रो वर्षमा अध्ययन गर्दैछु । यो मैले आफै रोजेको विषय हो ।
किन ? यस विषयमा मैले तल व्याख्या गर्दैछुः
जादाभपुर विश्वविद्यालयमा प्रोफेसर सरकरबाट अविश्वसनीय एवम् अपमानजनक टिप्पणीहरू व्यक्त भए जसको कारणले मेरा केही साथीहरू, जसले यस विषयमा बुझेका थिए उनीहरुले मलाई छलफल गर्न मसँग सम्पर्क गरें । तर मलाई त्यस्ता छलफलहरू अर्थहीन लाग्ने गर्दछ ।
आखिर, कसैको व्यक्तिगत यौन जीवन उसको आफ्नो निजी मामिला हो । उसै त मलाई अरुको व्यक्तिगत गतिविधिमाथि कम रुचि छ । तर म बुझ्छु कि आजको समयमा मानिसहरु आफ्नो भौतिक परिस्थितिबाट कहिले धेरै पर पुग्छन् त कहिले धेरै वर आउने गर्दछन् । कहिलेकाहीँ आफ्नै वरीपरीका अलिअलि चिनेजानेकासँग त कहिलेकाहीँ कहिल्यै नदेखेर अनलाइनमा भेटिएकासँग । खैर ! यी र यस्ता कुराहरु मेरो मानसपटलका सतह भन्दा धेरै बाहिरी कुराहरु हुन् ।
तैपनि, यस विषयमा मसँग राम्रा कारणहरु छन्; म, वास्तवमा विचारलाई घृणा गर्ने गर्दछु । यति भन्दैमा मलाई गलत नसोच्नुहोला । यौन वा यौन सम्पर्क राख्दै हिड्ने केटीको विरुद्धमा म होईन । मेरो विचारमा त यौन भनेको मायाको चरम विन्दु हो । एकले अर्कालाई सुम्पिनु हो । विश्वास र सम्मानको प्रतिक हो । तर म त्यसतो किसिमको केटी हुन चाहन्न जहाँ एउटा केटा मान्छेले म प्रती हेर्दै मलाई भोग्ने चाहना राखोस् । मलाई थाहा छ, थुप्रै पुरुषहरुले यस्तो सोच्ने गर्नुहुन्छ । यसबाट अनजान रहुनु लगभग लगभग बेवकूफ हुनु बराबर हो ।
म टपर हुँ, मुर्ख होइन । मेरो स्पष्टता बाहेक मेरो आफ्नै भावनात्मक आवश्यकता अनुसारको दोस्रो कारण हो, मेरा आमा बाबा । जस्तो कि मैले भने, हामी उत्तर भारतको एक सानो शहरबाट आएका हौं । मेरो परिवारमा आमाबाबा, एउटी बहिनी र एउटा भाइ छ । मेरो बुबा, जो आफ्नो जीवनभरी एउटा सरकारी बैंकमा काम गर्नुभयो । मेरी आमाचाई एउटा संगीत शिक्षक हुनुहुन्छ । हाम्रो शिक्षा र हामीलाई दिइने अवसरहरुमाथि हामी दुई बहिनी र हाम्रो भाईबीच कहिल्यै भेदभाव भएन ।
आफ्नो दक्षले भ्याएसम्म मलाई राम्रै स्कुलमा पठाउनु भयो । राम्रै कोचिङ्ग सेन्टरमा पढाउनु भयो । जब सीए कोर्सको लागि आफुले आफ्नो सीट सुरक्षित गरे, पढ्नको लागि पुणेसम्म जान दिन समेत अनुमति पनि दिनुभयो । उहाँहरुले मलाई विश्वास गर्नुहुन्थ्यो र त यसो गर्नुभयो । उहाँहरुलाई थाहा छ कि म परिपक्व भैसकेकी थिए । र उहाँहरुलाई यो पनि थाहा थियो कि, म विश्वको सामू आफुलाई परिचित गराउन पढ्नको निमित्त त्यहाँ जाँदैछु भन्नेसँग पूर्ण अवगत छु ।
कसैसँग मोजमस्तीको लागि होइन । मलाई थाहा छ, यो कठोर देखिन्छ तर मैले यसलाई आफ्नै आँखाबाट देखेको छु । मसँगै पढेका केटीहरु जसले यस्तो काममा आफ्नो समय बर्बाद गर्दछन् मूलतः केटाहरु उनीहरुको प्रयोग गरेपश्चात् सकेसम्म छोडेर जाने प्रयास गर्दछन् । त्यसपछि, उनीहरू आफूलाई अपमानित महशुस गर्दछन् र आफ्नो उद्देश्यमाथि बिचलित हुने गर्दछन् । यसबीचमा पुरुषहरूले आफ्नो समय राम्रै बिताउने गर्दछन् ।
कुनैपनि महिलाले कुनै पुरुषसँग आफ्नो आत्मा नसुम्पेसम्म प्रायः उनीहरुले आफ्नो शरिर सुम्पिनपनि खासै मन गर्दैनन् । र उनीहरुले आफ्नो पढाई थाँती राखेर कुनै पुरुषलाई सम्झदै रुदै बस्नपनि मन गर्दैनन् । यी सबै मेरो जीवनकोे कथा भने होइन । मेरो यो समय भनेको अध्ययन गर्ने समय हो । अझ भनौँ, यो त मेरो लागि उत्तम व्यावसायिक सेट अप गर्ने समय हो । यो समय फेरि फर्केर आउनेछैन ।
जबकि, सेक्सको लागि त समय आउने नै छ । त्यसैले म विवाह नगरेसम्म कुमारी नै रहन रुचाउँछु । र मैले कुमार केटोसँग विवाह गरेर आफ्नो श्रीमान् बनाउन चाहन्छु । यो किनभने म कसैको साथ रहन चाहन्छु जसले मेरो जीवनमा मलाई स्वागत गर्न तत्पर भएर बसेको होस् । त्यस व्यक्तिले मेरो लागि यस्तो व्यवहार गरोस्, जस्तो उसले म भित्रीनु पूर्व उसले आफ्नो परिवारको गर्ने गरेको छ । जस्तो अथाह प्रेम र हेरचाह मैले गर्नेछु उस्तै प्रेम गरोस् भन्ने चाहन्छु ।
मेरो श्रीमानले मेरो मान गरोस, मैले उसको सम्मान गरु । मेरो श्रीमान एक त्यस किसीमको व्यक्ति होस् जसको यौन जीवन मेरो वरिपरिमात्र घुमीरहनेछ । मात्र, उसको श्रीमतीको वरिपरि । र आफ्नो विगतमा वा आफ्नो मानसिक फ्रेममा अन्य महिलाहरुद्वारा विकृत नगरेको होस् । फेरि, मलाई गलत नठान्नुहोस् । विवाह अघि नै यौन समबन्ध बनाउनै पर्छ भन्ने विश्वास गर्नेहरूसँग मेरो कुनै किसीमको पनि गुनासो छैन ।
मलाई यस विषयमा खासै चासो पनि छैन । यो मेरो आफ्नै मौलिक अधिकार हो । मलाई लाग्छ, राम्रो देखिनको लागि मात्र कसैले आफ्नो मान, नैतिकता र आत्म सम्मान गुमाउनु हुँदैन । राम्रो हुनका लागि त आफूलाई कमजोर बनाउन र जीवनको सबैभन्दा महत्वपूर्ण चीजहरूलाई हराएर आफूलाई नियन्त्रण गर्नु पर्दछ । मेरो लागि प्रेम त त्यो नै हो जसले मलाई भरोसा र सम्मान गर्दछ । त्यो होइन जससँग म साँझ बेड साटु र बिहान उठ्दा उसले मेरो नामसमेत सम्झन सक्दैँन ।