अहिले देश अस्थिरतामा छ या स्थिर छ भन्ने त सबैलाई थाहा भएकै कुरा हो । यस्तो अवस्थामा जो कोहीले पनि धमीलो पानीमा माछा समात्ने प्रयत्न गर्नु स्वभाविक हो । तर यसमा कति सफल होलान् अनि कति असफल होलान् भन्ने सवाल त छ नै । वर्तमान यस्तो परिस्थितिमा पनि केही त्यस्ता अविव्यक्ती आउने र त्यही मौकालाई लिएर फाइदा वा नोक्सानको पथमा अगाडी बढ्नेहरुको जमात पनि निकै छ । यही र यस्तै जमातमा अहिले अर्थोपेडिक डाक्टर गोविन्द के.सी.को माग पनि सामेल भएको छ । उनलाई अनसनमा राखेर जीवन मृत्युको दोसाँधमा पु¥याएर लासमाथिकै राजनीति गर्नेहरु पनि दुई धारमा परेका हुन् कि भन्ने सम्मको पनि पाइएको छ । पक्ष र विपक्षमा भिड्दै गर्दागर्दै के.सी.को ज्यान तलमाथि भयो भने जिम्मा कसले लिने?
रस्सा कस्सीका बीच पारीत भएको राष्ट्रिय चिकित्सा विधेयक र त्यसपछि भएका पक्ष विपक्षका बहसलाई हेर्ने हो भने पनि यसले धेरै कुरा सिकाएकै छ । उक्त विधेयक टेबुल हुनु पूर्व र टेबुल भएको र पारित भएको सन्दर्भमा पनि धेरै चर्चा र बहस भए नै । नेकपाका नेता योगेश भट्टराईले मन्त्रीलाई रोष्टम पुग्न नदिएको खण्डमा बसेकै सिटबाट विधेयक प्रस्तुत गर्ने भन्दै विगतमा नेपाली कांग्रेसले राखेको नजिरलाई पनि पेश गरे । उनले रामचन्द्र पौडेल सभामुख हुँदाको बखतमा स्थानिय तह सम्बन्धी विधेयक तत्कालिन नेकपा एमालेको विरोधका बाबजुद प्रस्तुत गरेर पास गरेको सन्दर्भलाई पनि जोडेका थिए । तर त्यस्तो भएन मर्यादापालक लगाएरै भएपनि विधेयक पेश भयो र पारित पनि भयो । बरु केही मानवीय त्रुटी भने पक्कै भए । विधेयक पेश पास गर्ने क्रममा सभामुखले उल्टो बोले तर पनि नेकपा सरकारले ल्याएको विधेयक पारित भै छाड्यो तर डाक्टर केसीको अनसन जारी छ ।
अहिले चर्चा परिचर्चा त चलेकै छ त्यस माथि पनि नेपाली कांग्रेस र नेकपाको जुन प्रत्यक्ष भिडाइ छ त्यो पनि निकै उत्सर्गमा पुगेको हो कि जस्तो देखिएको छ । कांग्रेसले मेडिकल कलेज खोल्न दिन हुदैन भन्छ भने कम्युनिष्ट सरकारको बिचार खोल्न दिन पर्छ भन्ने छ कांग्रेसको बुझाईमा । यही नै हो मिलन बिन्दु नभेटिने कारण । किन भने एउटा खोल्न दिन हुदैन भन्छ कारण हो अहिले भै रहेकाले ब्यापार गरुन अर्को खोल्न दिनु पर्छ भन्छ यदी ब्यापार गर्नेहो भने सबैले गरुन भन्ने सुसुप्त चाहना देखिन्छ यहाँ । त्यसैले त संसदमा विधेयक पारित भए पछि गगन थापाले भनेका थिए नेकपाले कांग्रेसलाई जिस्क्यायो अब नेकपा सकियो । कांग्रेसलाई जिस्क्याउने सबै सकिएको इतिहास छ अब सरकार सकियो सभामुख अनि सरकारलाई भारी पर्छ भन्दै खुल्ला चुनौती दिए । त्यसैले अब नेकपा र कांग्रेस दुवैलाई गर या मरको अवस्था देखिएको छ ।
Previous Articleमलाई कुमार केटा चाहिन्छ !
Next Article नेपालले यूएईलाई हराउँदै जित्यो एकदिवसीय सिरिज