राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशैभर हिन्दु जागरण अभियान सञ्चालन गरेको छ । ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवाद’ भन्ने मूल नारासहित राप्रपा म्याग्दीले मङ्गलबार केन्द्रीय कार्यक्रम अनुसार म्याग्दी जिल्लामा पनि हिन्दु जागरण अभियान सञ्चालन गरेको जनाएको छ ।
राप्रपाका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन र बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको विशेष उपस्थितिमा म्याग्दी सदरमुकाम बेनीमा हिन्दु जागरण अभियान अन्तर्गत घरदैलो कार्यक्रम गरिएको बताइएको छ । राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको ¥याली बजार अभियानपछि पुनः सोही ठाउँमा पुगेर समापन भएको थियो ।
हिन्दुराष्ट्र घोषणाका लागि सरकारलाई दवाव दिन देशव्यापी रुपमा हिन्दु जागरण अभियान अन्तर्गत बेनीमा कार्यक्रम गरिएको बताइएको छ । हिन्दुराज्यको पक्षमा जनमत सिर्जना गराउन स्थानीय तह, वडा र वस्तीस्तरमा पनि कार्यक्रम गरिने सो पार्टीले जनाएको छ । कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
Previous Articleउपकरणको भाडादर निर्धारणमा स्थानीय तह
Next Article बार्सिलोनामा अचम्म पार्ने केभिन प्रिन्स बोएटेङ आगमन