म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको बेनी आवासीय माध्यमिक विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा मङ्गलबारदेखि आधारभूत तहको अन्तर विद्यालयस्तरीय बेनी बोर्डिङ कप प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडि बढ््न थप हौसला प्रदान गर्ने बताए । उनले विद्यार्थीको शैक्षिक विकास गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्र्ने बताएका छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले विद्यालयमा हुने प्रतियोगिताले खेलाडीको प्रतिभा प्रस्फुटनमा सहयोग मिल्ने बताए ।
कार्यक्रममा प्रिन्सिपल मनोहरराज गोर्खालीले विद्यार्थीहरुलाई किताब ज्ञान मात्र नभई उनीहरुमा लुकेर रहेको प्रतिभा प्रदर्शन गर्न र खेल क्षेत्रको विकास गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए । आधारभूत तहको १ देखि ८ कक्षासम्मका विद्यालय सहभागी रहने प्रतियोगिता आउँदो शनिबारसम्म सञ्चालन हुने शिक्षक नायक विनोद घर्तीले जानकारी दिए ।
उनका अनुसार ४ दिनसम्म सञ्चालन हुने कार्यक्रममा १४ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले १८ हजार रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयले १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने लेखापाल विशाल खत्रीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइगर, राइजिङ प्लेयर, टिमकोच, टिम व्यवस्थापन, सर्वाधिक गोलकर्तालाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिनेछ ।
९ ए साइडको आधारमा प्रतियोगिता सञ्चालन हुने प्रमुख रेफ्री पुरन छन्त्यालले जानकारी दिए । बुधबारदेखि औपचारिक रुपमा उद्घाटन हुने पहिलो खेलमा गलेश्वर आदर्श बोर्डिङ र न्यु वेष्ट प्वाइन्ट आवासीय माविबीच प्रतिसर््पर्धा हुनेछ । युवा रेडक्रस सर्कलका सभापति दिपिका बरुवालको अध्यक्षता, लेखापाल खत्रीको स्वागत र शिक्षक प्रकाश आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्रोतव्यक्ति मोहन बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
Previous Articleम्याग्दी र मुस्ताङमा भारी हिमपातले जनजीवन कष्टकर, कृषकलाई राहत
Next Article उपकरणको भाडादर निर्धारणमा स्थानीय तह