पछिल्लो समय मोडलिङको क्षेत्रमा सक्रिय रहेकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले कि रविना भण्डारी कलाकारिताको क्षेत्रमै निकै सक्रिय छिन् । कालाकारिताको क्षेत्रमा संघर्ष गर्दै गरेकी भण्डारी सँग धेरै रङ्गीन सपनाहरु छन् भने रहर पनि उत्तीकै छन् । मोडलिङको क्षेत्रमा होमीएकी भण्डारीका रङ्गीन सपनाहरुलाई साकार पार्नका लागि अहोरात्र खट्दै अगाडी बढ्नु नै भण्डारीको दैनिक र उद्देश्य पनि हो । यही लक्ष्यलाई पुरा गर्नका लागि रविनाले आफ्नो जन्मस्थान म्याग्दी छाडेर देशको राजधानी काठमाडौमा संघर्षका दिनहरु बिताइ रहेकी छिन् । पछिल्लो एक वर्ष काठमाडौमा रहेकी भण्डारीले पहिलो पटक बैसरीमा घर थ्यो मेरो बोलको गितबाट म्युजिक भिडियोमा अभिनय थालेकी थिइन् । त्यही गितमा अभिनय गरे सँगै अभिनयको क्षेत्रमा लागेकी भण्डारीले अहिले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् भने अभिनयकालागि आउने अफर पनि निकै छ ।
अध्यन सँगै अभिनय अर्थात् मनोरन्जनको क्षेत्रमा प्रवेश गरेकी भण्डारी केही रहर केही सपना र केही आकांक्षाहरु पुरा गर्ने उद्देश्यले गर्दा नै मनोरञ्जनको क्षेत्रमा प्रवेश गरेको ठान्छीन् । मानवीय आवस्यकताहरु मध्ये मनमा केही अपुरो महसुष भै रहेको समयमा यही क्षेत्रमा आएर पुरा गरिरहेको ठान्छीन् भण्डारी । अभिनयलाई नै आफ्नो लक्ष बनाएर अगाडी बढेकी भण्डारी अभिनयको क्षेत्र नै आफ्नो रोजगारी रहेको मान्छीन् ।
अभिनय गर्ने सन्दर्भमा कुनै कसर बाँकी राख्न हुदैन भन्ने ठान्ने भण्डारीले सबैखाले अभिनयमा उत्तीकै रुची लिन्छीन् । भण्डारीको खास प्रतिभा भनेकै नृत्य हो अहिले सम्म ७० वटा भन्दा बढी गीतमा नृत्य र अभिनय गरी सकेको बताउने भण्डारी अभिनीत अधिकांश भिडियोमा नृत्यलाई नै प्राथमिकता दिइएको पाइन्छ । अभिनय उनको दिमागमा सँधै घुम्ने चिज हो भने फुर्सदको समयमा पनि उनी नृत्यकै अभ्यासमा तल्लीन हुन्छीन् । भण्डारीलाई आफू नृत्य गर्नका लागि नै जन्मीएको हो कि जस्तो पनि लाग्छ र त्यो कुरामा आम दर्शक श्रोता पनि सहमत छन् ।
आम दर्शक अनि शुभचिन्तकले दिने शुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्न रुचाउने भण्डारीलाई सबैका प्रतिकृया शुझाब अनि गालि र तालि सबैमा उत्तीकै आनन्द आउँछ । किनकी दर्शक श्रोताको मायाँ ममता अनि सँधै उहाँहरुकै सकारात्मक प्रतिकृयाकै कारणले त कलाकार अगाडी बढ्ने हो ।
मनोरञ्जन तथा कलाको क्षेत्रमा लाग्नेहरुलाई चाहनेहरु धेरै हुन्छन् र त्यसरी चाहना गर्नेहरुको लिष्टमा रविना नपर्ने त कुरै भएन । उनलाई पनि अहिले सम्म धेरै प्रेम प्रस्ताव आए र सामाजिक सञ्जालबाटै बिहे गरेर घरजम गर्ने भन्नेहरुको पनि कमि छैन तर पनि उनी आफ्नो उद्देश्यपुरा गर्नका लागि नै पहिलो प्राथमिकता दिन्छीन् । मानविय आवश्यकता पनि हो कसैले प्रेम प्रस्ताब राख्नु र विहे गरेर बस्ने भन्नु तर पनि त्यो आवश्यकताका लागि समय आइ नसकेको भण्डारीको ठम्याई छ । बिबाहका लागि अहिल्यै समय आइ सकेको छैन र त्यसका लािग सोच्न आफू मात्रै नभएर परिवार पनि रहेको उनको बुझाई छ । कलाकारितामा लाग्नका लागि घरपरिवार छाडेर काठमाडौ हानिदाको पल उनको अविष्मरणीय क्षण हो । हुन त धेरै हुन्छन् भुल्न नसकिने दिनहरु तर पनि आफ्नो परिवार छाडेर सपनाको संसार बसाउनु कुनै चानचुने कुरा होइन ।
अहिले नेपाल मात्र नभएर विश्वमै कलाकारहरुको राम्रा नराम्रा कमेन्ट त आउने नै भए । सबै प्रकारका पहिरनमा अभिनय गरेकी रविना भण्डारीलाई छोटा कपडा लगाएर गरिएको अभिनयमा दर्शकले मन नपराउने र नकारात्मक प्रतिकृया दिने गरेका पनि छन् । साडी होस या कुर्ता या अन्य वानपीस जुन सुकै पनि पहिरनमा अभिनय गर्नु कलाकारको जिम्मेवारी हो तर त्यसमा प्रतिकृया त पक्कै आउँछन् नै त्यसबाट पनि आफूले पाठ ठानेर अगाडी बढ्नु पर्छ ।
एकै धारको भन्दा पनि फरक फरक धारका गित संगितहरु बजारमा आएका खण्डमा कलाकारहरुलाई पनि अभिनय गर्न सजिलो र फरक अनुभव मिल्छ । सँधै एकै प्रकारको गित संगित बन्नु भन्दा पनि यस क्षेत्रमा विविधता आउँछ । फरक प्रकारका गित संगित बनेको खण्डमा कलाकारले अभिनय गर्न पनि फरकपन पाउँछ र सबै क्षेत्रको अनुभव कलाकारले थाहा पाउँछन । अहिले पछिल्लो समय नयाँ कलाकार प्रति निर्माता निर्देशकको आकर्षण बढ्दो छ । मोडलिङ क्षेत्रमा प्रतिष्पर्धा पनि हुनुपर्छ । धेरैजनामा प्रतिष्पर्धा भएमा खारीएर अगाडी आएको कलाकार मात्र अब्बल कलाकार बन्न सक्छ त्यसैले नयाँ कलाकारको आगमनलाई राम्रो मान्नुपर्छ । अरुअरुमा मात्रै प्रतिस्पर्धा भन्दा पनि रविना आफै पनि प्रतिस्पर्धाबाटै अगाडी आउनु पर्ने ठान्छीन् ।
अहिले कला संगितको क्षेत्रमा कलाकारहरुले पनि सित्तैमा काम गरेको पनि देख्न सुन्न पाइन्छ । साहेद त्यो उनीहरुको व्यक्तिगत कारण जे केही पनि हुन सक्छ तर पनि यस क्षेत्रमा आउने कलाकारहरुले आफैले लगानी गरेरै भिडीयोमा अनुहार देखाउनु पर्ने बाध्यता समेत रहेको छ । तर यही काम नै आर्थीक उपार्जनको माध्यम समेत हो । त्यसले गर्दा सबैले त्यसरी निःशुल्क काम गर्ने वा आफैले लगानी गरेर अभिनय गर्ने भन्ने रविनाका लागि भने लाग्दैन । किनकी कलाकै क्षेत्रमा भविष्य देखेर यस क्षेत्रमा लागेको कारणले गर्दा यस क्षेत्रमा आफै लगानी गरेर वा निःशुल्क काम गर्ने सोँच कहिल्यै राखिएन र कलाकारले राख्नु पनि हुदैन ।
सबैको मायाँ ममताले गर्दा नै कला क्षेत्रमा पाइला चालेका धेरै छन् । त्यही क्षेत्रलाई सबल र स्वच्छ अनि सबैको मनमा बस्ने खालको बनाउनका लागि नै कलाकारीतामा लागेकै हो र यसलाई अझै पनि निरन्तरता दिने सोँच रविना भण्डारीको छ । यस क्षत्रमा आएर काम गर्दा सल्लाह सुझाब दिने र मायाँ गर्ने सबैलाई धन्यवाद दिदै सकारात्मक सल्लाह शुझाबको सदैब अपेक्षा भण्डारीको छ । मिडिया क्षेत्र तथा यस क्षेत्रमा पाइला चाल्ने क्रममा सहयोग गर्ने र कास्ट गर्ने सबै प्रति भण्डारी आभार व्यक्त गर्छीन् ।
रबिना अभिनित गितको म्युजकि भिडियोहरु
रबिना भण्डारी संग अमृत बास्कुनेले गरेको कुराकानीमा आधारीत
फोटो : रबिना भण्डारीको फेसबुकबाट