राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिले पूनर्निर्माण तथा पूनसर््थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको छ ।
प्रधानमन्त्री एवं राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको निर्देशक समितिको बैठकले आउँदो दुई वर्षभित्र पूनर्निर्माण तथा पूनसर््थापनाको काम सम्पन्न गर्नेगरी पूनर्निर्माण तथा पूनसर््थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको हो ।
त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसहित दातृ राष्ट्रहरुसँग छलफल निर्णय पनि गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । दातृ राष्ट्रहरुले सम्झौता अनुसारको बजेट उपलब्ध नगराएपछि पूनर्निर्माण तथा पूनसर््थापनाका लागि थप बजेटको व्यवस्था गर्न निर्देशक समितिले पुनः दातृ राष्ट्रहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले प्राविधिकहरु परिचालन गर्नुअघि नै निजी आवास बनाएकाहरुलाई अनुदान दिनेगरी कार्यविधि पनि संशोधन गरेको छ । प्राविधिकहरु परिचालन गर्नुअघि नै निजी आवास बनाएकाहरुलाई पनि अनुदान दिनेगरी त्यससम्बन्धी कार्यविधि पनि बैठकले पारित गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
समितिले गएको वर्ष निजी आवास निर्माणका काम सुरु गरेकाहरुलाई यस वर्षभित्र अनुदान रकम उपलब्ध गराइसक्ने निर्णय पनि गरेको छ । आगामी आर्थिक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न हुनेगरी अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको समितिले जनाएको छ । त्यसैगरी प्राधिकरण निर्देशक समितिको बैठकले स्थानीय तहमा पनि विपद् व्यवस्थापन हुनेगरी नशाङ्कनको काम अघि बढाउने निर्णय पनि गरेको छ ।
Previous Article२०७५ माघ ४ शुक्रबारको राशिफल
Next Article लघुवित्तको दोस्रो वार्षिक इकाई भेला