म्याग्दीका मगर समुदायले मङ्गलबार माघेसङ्क्रान्ति पर्व धुमधामसँग मनाएका छन् । आफ्नो जातीय भेषभूषामा सजिएका बुढापाका, अधबैंसे र युवायुवतीहरु सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोपोन्मुख गीतसङ्गीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन् ।
‘सम्पूर्ण मगरहरु एक होऔं, भाषा कला र संस्कृतिको संरक्षण गरौं’ भन्ने मूल नारासहित माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरेको थियो । माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोही अनुसार उनीहरुले मनाउँदै आइरहेका छन् । जनजातिको बाहुल्यता रहेको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका छन् ।
मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो, सोरठीसहित लोपोन्मुख भाकाको लयमा युवायुवती र बुढापाकाहरु छमछमी नाचेका थिए । माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरु गरिएको छ । मकर सङ्क्रान्तिका रुपमा चिनिदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातीय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीले सदरमुकाम बेनीबजार परिक्रमा ग¥यो । मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य ¥यालीमा देखाइएको थियो । कार्यक्रममा लोपोन्मुख थालीनाच समेत प्रस्तुत गरिएको छ । मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी धुमधामसँग माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन् । माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षात्को समय शुरु भएको पर्वको रुपमा मनाउने गरिएको मगर संघ म्याग्दीले जनाएको छ ।
मगर जातिमा माघ महिनालाई वर्षात्को समय शुरु भएको सङ्केतका रुपमा लिने गरिन्छ । मगर समुदायमा यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रमहरु गरेर मनाउने प्रचलन रहिआएको छ । प्रकृतिमा विश्वास गर्ने भएकाले परम्परादेखि नै उभौली पर्वको रुपमा माघेसङ्क्रान्तिलाई मनाउने गरिएको मगर अगुवाहरु बताउँछन् । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर तराईमा थारु समुदाय र पहाडमा मगर समुदायले आफ्नो भेषभूषामा सजिएर कला, संस्कृतिको संरक्षणका लागि माघेसङ्क्रान्ति पर्व मनाउने परम्परा रहेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए ।
कार्यक्रमको बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा बेनपा–८, का वडा अध्यक्ष रामकृष्ण बराईली, आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष मुक्ति रोका, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, छन्त्याल संघका उपाध्यक्ष रेशम छन्त्याल र मगर संघका सल्लाहकार नरबहादुर थापामगरले मन्तव्य राखेका थिए । कार्यक्रम मगर संघका अध्यक्ष थजालीको अध्यक्षता, उपाध्यक्ष डगमाया पाईजाको स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अवसरमा लोकपप गायक किरण पुनको मेरो देश नामक भिडियोको विमोचन समेत गरिएको थियो । कार्यक्रममा गायक पुन, हाँस्यकलाकार विकास फगामीलगायत अन्य कलाकारहरुले गीतसङ्गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।
Previous Articleबेनीमा सञ्चालित माघेसङ्क्रान्ति मेला सकियो
Next Article सामूहिक लगानीमा मासु पसल