म्याग्दीको सदरमुकाम बेनीमा युवा र विद्यार्थीहरुले सामूहिक लगानीमा मासु पसल खोलेका छन् । बेनी नगरपालिका–८, गणेशटोलस्थित युवाहरुले सटर भाँडामा लिएर मङ्गलबारदेखि औपचारिक रुपमा म्याग्दी कोरला मिट सप सञ्चालन गरेका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको नेतृत्वमा चन्द्रमान छन्त्याल, सुवास विश्वकर्मा, रश्मी रोकामगर, विजय घर्ती, सन्दीप शर्मासहित ७ जना युवाहरुले सामूहिक लगानीमा व्यवस्थित मिट सप खोलेका बताएका छन् । उपभोक्ताहरुलाई सफा र स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यसहित मिट सप सञ्चालनमा ल्याइएको युवा नेता प्रकाश पौडेलले जानकारी दिएका छन् ।
केही समय पहिले सदरमुकाम बेनीबजारस्थित म्याग्दी कोरला पोल्ट्री सप्लायर्स खोलेका युवाहरुले पछिल्लोपटक मिट सप खोलेका हुन् । अहिलेसम्म करिब ३० लाख रुपैयाँ भन्दाबढी लगानी गरेका युवाहरुले बेनीको अन्य तीन ठाउँमा समेत निकट भविष्यमै व्यवस्थित मिट सप खोलेर शुद्ध मासु उपलब्ध गराइने पौडेलको भनाइ छ ।
Previous Articleमगर समुदायले मनाए माघेसङ्क्रान्ति पर्व
Next Article होसियार ! सामान्य रुघाखोकीले लिन सक्छ ज्यान