हलिउड अभिनेत्री र सबभन्दा धनी सेलेब्रिटीमध्ये एक काइली जेनरलाई सामाजिक सञ्जालमा एउटा अण्डाले पछारेको छ ।
वर्ल्ड रेकर्ड नामक इन्स्टाग्राम पेजमा अण्डाको तस्वीर पोस्ट गरिएको थियो । त्यसमा अहिलेसम्म साढे २ करोडभन्दा बढी लाइक आइसकेको छ ।
उता गत वर्ष काइलीले पोस्ट गरेको आफ्नी छोरीको फोटोले १.८० करोड लाइक पाएको थियो ।
एक्काईस वर्षीया काइलीसँग १० हजार करोड रुपैयाँ बराबरको सम्पत्ति छ र उनी संसारकी पाचौं सबभन्दा लोकप्रिय सेलेब्रिटी हुन् ।
अण्डाको फोटो बाट पोस्ट गरिएको हो । त्यो अकाउन्टबाट यही एउटा फोटो मात्र प्रकाशित छ । पहिलो फोटोले नै यति धेरै लाइक पायो । अकाउन्टमा ३० लाखभन्दा बढी फलोअर्स छन् ।
अण्डाको फोटो पोस्ट गर्ने अकाउन्ट होल्डरले बजफीड, द डेली मेल, सीएनएन, प्युडीपार्ई, द सन जस्ता ठूला वेबसाइटलाई ट्याग गरेका थिए । फोटो पोस्ट गरेर काइली जेनरलाई चुनौती दिइएको थियो ।
अकाउन्ट होल्डरले फोटो पोस्ट गरेर लेखेका थिए, ‘नयाँ विश्व कीर्तिमान बनाऔं र यसलाई इन्स्टाग्राममा सबभन्दा बढी लाइक गरिएको फोटो बनाऔं । अहिलेको विश्व कीर्तिमान काइली जेनरको नाममा छ, त्यसलाई तोडेर देखाऔं ।’
काइलीले फेब्रुअरी २०१८ मा छोरीको फोटो पोस्ट गर्दै लेखेकी थिइन्, ‘आउनुस् मिलेर नयाँ विश्व कीर्तिमान बनाऔं अनि इन्स्टाग्राममा सबभन्दा धेरै लाइक गरिने पोस्ट बनाऔं ।’
सामान्य अण्डाको पोस्टमा यत्तिका धेरै लाइक आएपछि काइली जेनरले प्रतिक्रिया दिएकी छन् । उनले इन्स्टाग्राममा भिडियो शेयर गरेर त्यस्तै किसिमको अण्डा फुटाएको देखाएकी छन् ।
एजेन्सी