एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरको ‘अफेयर’ले यतिबेला बलिउड तातेको छ । दुबैजना केही समययता डिनर, पार्टी लगायत सार्वजनिक कार्यक्रममा संगै देखिँदैआएका छन् ।
तर अर्का अभिनेता सलमान खानलाई भने उनीहरुको अफेयर टाउको दुखाईको विषय बनेको छ । सलमानले प्रतिक्रिया नदिए पनि केही व्यवहारले आफू रुष्ट भएको प्रष्टै देखाएका छन् । यतिसम्म कि, सलमानले अर्जुन र उनका बावु बोनी कपुरलाई समेत आफ्नो घरमा प्रवेशमा रोक लगाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
सलमान उनीहरुसँग रिसाउनुको कारण नै मलाइका र अर्जुनको सम्बन्धलाई लिएर रहेको बताइएको छ । अर्जुनले यसअघि सलमानकी कान्छी बहिनी अर्पिता खानसँग पनि ‘डेट’गरेका थिए भन्ने कुरा पनि मिडियाले उल्लेख गरेका छन् । त्यसो त उनीहरुको सम्बन्धबारे बलिउडमा गस्सिप बनेको थियो ।
पछि जब अर्जुनले अर्पितासँगको सम्बन्ध तोड्दै उही परिवारको अर्की सदस्य अर्वाज खानकी श्रीमती मलाइकासँग नजिकिएका कारण सलमान रुष्ट बनेका हुन् ।