अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोली पहिलो एक दिवसीय क्रिकेटमा पराजित भएको छ । भारतलाई ३४ रनले पराजित गर्दै अस्ट्रेलियाले ३ वटा एकदिवसीयको सिरिजमा १–० को अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २८८ रन बनाउँदै २८९ रनको लक्ष्य दिएको थियो । लक्षय पछ्याउने क्रममा भारतले ५० ओभरमा २५४ रन मात्र बनाउन सक्यो।
लक्ष पछ्याउने क्रममा सुरुआती ३ विकेट सस्तैमा गुमाएको भारतको पारीलाइ रोहीत शर्मा र महेन्द्र सिंह धोनीले उकास्ने प्रयास गरे पनि सम्भव भएन । ४ रनमा ३ विकेट गुमएको भारतका लागि चौथो विकेटका लागि धोनी र रोहीतले १३७ रनको साझेदारी गरेका थिए । रोहीतले १३३ रन बनाए पनि भारतलाइ जिताउन सकेनन् । टेष्ट सिरिज हारेको अष्ट्रेलिया एक दिवसीयमा जितेर पिडा भुलाउने दाउमा छ ।