उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७५को उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ ।
भलिबल, एथलेटिक्स र कबड्डी गरी ३० स्वर्ण पदकका लागि भएको खेलमा प्रभा माविले राष्ट्रपनि रनिङ शिल्डको उपाधि उचालेको हो । उपाधि संगै विद्यालयले नगद पचास हजार रुपैयाँ पुरस्कार हात पारेको छ । त्यस्तै मुक्तिमार्ग माध्यमिक विद्यालय घारले दोश्रो स्थान सँगै नगद २५ हजार हात पार्दा टिकोट माध्यमिक विद्यालय हिस्तानले तेश्रो स्थान सँगै नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको स्रोत व्यक्ति भरत पुनले जबताए ।
१० वटा विद्यालयले सहभागिता रहेका प्रतियोगिताका विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको कवड्डीमा प्रभा माविकी गिता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन वटा स्वर्ण पदक जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका बर्षा फगामी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
Previous Articleमुटुरोगको पहिचान आफैंले गर्न सकिन्छ– मुटुरोग विशेषज्ञ डा. अनिल
Next Article हार्यो भारत