मस्कट ।
लिला कोइराला / अाेमनमा रहेको नेपालीहरुकाे सबैभन्दा जेठो साझा संस्था नेपाली समाज अाेमनले अध्यक्ष याेगेस बानुराइलाई बिदाई गरेको छ । समाजकी कोषाध्यक्ष पार्बती श्रेष्ठले संचालन गर्नु भएकाे उक्त बिदाई कार्यक्रमको अध्यक्षता नेपाली समाजका अध्यक्ष याेगेस राईले गर्नु भएकाे थियो । अतिथिहरुमा भुपु अध्यक्षहरु गाेबिन्द गुरुङ ,लिलानाथ काेइराला सल्लाहकार रन्जित आचार्य र बिबेकशिल साझा दलका अाेमन संयाेजक जिबन कार्की रहेको थियो । कार्यक्रममा स्वागत भाषण समाजका उपाध्यक्ष जिबन ढुङ्गानाले गरेका थिए । नेपाली समाजका सम्पुर्ण पदाधिकारी र सदस्यहरु लगायत समाजलाई माया गर्ने ओमनमा रहनु भएका नेपालीहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष राईलाई शुभकामना दिदै समाजका भुपु अध्यक्ष लिलानाथ काेइरालाले राई एक कुशल लगनशील करमठ समाजसेवी साथै नृत्यकार गायक अभिनयकार बहुप्रतिभाको धनी र २००९ बाट लगातार सामाजिक काममा लागि परेको बताउनु भयो । विभिन्न पदिय जिम्मेवारी कुशलताका साथ निभाउन सफल राई हाल अध्यक्ष बनेर एक सफल नेपालीका रुपमा सबै नेपालीहरु माझ परिचित हुनु भएको भन्दै अध्यक्ष राइलाई बाकी जीवनलाई पनि सुखि र सफलता शुभकामना व्यक्त गर्नु भएको थियो ।
समाजका भुपु अध्यक्ष गुरुङले पनि राइलाइ खुलेर प्रसंसा गर्नु भयाे । सल्लाहकार रन्जित आचार्यले अध्यक्ष राइकाे हरेक काम देखि अाफुले हौसला लिएर अगाडि बढन पेरणा मिलेको बताउनु भयो ।
त बिबेकशिल साझा दलका जीवन कार्कीले अध्यक्ष राइले हामीलाई छाेडेर जादा उहाँको अभाब हुने बिचार राख्नु भएको थियो ।
कार्यक्रमना उपस्थित पदाधिकारीसदस्यहरु बाट अध्यक्ष राइकाे यात्रा सफलताको शुभकामना दिदै मायाको चिनाे र खादाले सम्मान गरिएको थियोे ।अन्तिममा आफ्नो मन्तव्य राख्दै राइले सबै तपाईंहरुकाे माया सहयोग साथले यो सफल पाएको भन्दै नेपाली समाजका सहयात्रीहरु सबैलाई धन्यवाद दिदै, भावुकताको साथ बिदाई कार्यक्रमको विसर्जन गर्नु भएकाे थियो । गत साता पनि नेपाली समाजले समाजका सस्थापक अध्यक्ष र भुपु अध्यक्ष सह कोषाध्यक्ष, देबनारायण तिवारी ,ईछा राई , भरतजङग राईलाई बिदाई गरिसकेको छ ।