बलिउड अभिनेत्री काजोल हालै आफ्ना श्रीमान् अजय देवगणका साथ करण जोहरको पपुलर शो कफी विद करणमा केही सयम पहिला देखिइन् ।
शोका दौरान उनीहरूले खुलेरै कुराकानी गरे । त्यसै क्रममा काजोलले एउटा नयाँ रहस्य खोलिन् ।
त्यहाँ उनले आफ्नो ध्यान सधैं सस्तो कपडामा जाने र मन परेको पहिरन फुटपाथमै किन्ने रहस्य खोलिन् ।
काजोलका पति अजयले आफ्नी श्रीमती पैसाको मामिलामा किनै कन्जुस भएको बताए । काजोलले कहिलेकाहीं अनलाइनबाटै सपिङ गरे पनि आफैं गएर सपिङ गर्नुपरे ठूला मलहरूमा नगएर फुटपाथ र सामान्य पसलमा गएर समान लिने गरेको रहस्य खोलेकी हुन ।
अजयले यस विषयमा भने, ‘काजोलमा पैसा जोगाउने सोख छ ।’ काजोलले श्रीमान्लाई जवाफ दिएकी छिन्, ‘केही निश्चित समय लगाइने पहिरनका लागि किन ठूलो रकम खर्चिनुपर्यो त ?’