भारतको बिहारमा आलु उत्पादनका सम्बन्धमा ठूलो खोज गरिएको छ । कृषि वैज्ञानिकहरूले अनुसन्धान गरेर हावामा आलुको फसल तयार पारेका छन् ।
अनुसन्धानको सकारात्मक परिणाम आएको छ ।
दिनप्रतिदिन खेतीलायक जमीन कम हुँदै गइरहेकोले हावामा आलुखेती गरिने भएको हो ।
पटनास्थित आलु अनुसन्धान केन्द्रमा अनुसन्धान चलिरहेको छ । यसमा निकै सफलता प्राप्त भएको छ । पटनाको फतुहामा बिहार राज्य बीज एवं जैविक प्रमाणन एजेन्सीले सञ्चालन गरेको गो आउट टेस्ट प्रक्षेत्रमा ग्रीन हाउस बनाइएको
छ जहाँ माटोविना नै हावामा आलु खेतीको परीक्षण गरिनेछ ।
कृषिमन्त्री डा प्रेम कुमारले ग्रीन हाउसको अन्लाइन उद्घाटन गरे । ग्रीन हाउसमा अन्य फसललाई पनि नियन्त्रित वातावरणमा उब्जाउने कोशिश गरिनेछ । यो प्रविधिबाट आलु १० देखि २० गुणा बढी फलाउन सकिने कृषिमन्त्रीले दाबी गरे ।
एजेन्सी