म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आइरहेको माघेसंक्रान्ति मेलाको जर्गेना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन पवद्र्धन गर्न माघेसंक्रान्ति मेला लाग्ने भएको छ । म्याग्दी भ्रमण वर्षको अवसर पारेर आगामी पुस ३० र माघ १ गते माघी मेला गर्न लागिएको हो ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिको मूल आयोजना तथा जिल्लाका सबै स्थानीय तहको सहआयोजनामा मेला गरिने आयोजकले जनाएको छ । मेलाका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा म्याग्दीको सदरमुकाम बेनीको प्रवेशद्वार कालीपुल बसपार्कमा हुने दुईदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताइन् ।
उनका अनुसार मेलामा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादनका स्टलहरु राखिने भएको छ । मेलाको अवसरमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण वर्ष विषयक गीत, खुल्ला लोकगीत प्रतियोगिता, महिला तथा पुरुष अन्धनिशान, छेलो तथा लठो तान्ने प्रतियोगिता सञ्चालन गरिने सभापति केसीको भनाइ छ ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिकलगायत समग्र क्षेत्रलाई समेटेर कालीपुलमा स्थापना गरिएको पर्यटक सूचना केन्द्रमा प्रवेश गर्ने पर्यटकलाई डकुमेन्टी प्रर्दशन तथा होटलमा समेत छुटको सुविधा रहेको पत्रकार सम्मेलनमा बताइएको थियो । संघको अगुवाइमा मनाइरहेको म्याग्दी भ्रमण वर्षमा आन्तरिक पर्यटक भिœयाउने गरी जिल्लाबाहिर समेत प्रचारप्रसार गरिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
कालीपुल बसपार्क तथा आसपासमा क्षेत्रको हिलाम्मे सडक मर्मतमा नगरपालिकालाई बजेट माग गरिने भएको छ । बेनीबजारका विभिन्न स्थानमा सडक खाना महोत्सवसहित मेला सञ्चालन गर्ने गरिएकाले यसवर्ष कालीपुलमा गरिने अध्यक्ष कर्माचार्यले बताए । मेलाको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
Previous Articleएउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा
Next Article म्याग्दी क्याम्पसले मनायो २८औं वार्षिकोत्सव