बलिउडमा सफलताका लागि परिवारको साथ महत्वपूर्ण हुन्छ । बलिउडमा धेरै सेलिब्रेटीले परिवारको साथबाट सफलताको शिखर चुमेका छन् । कलाकारले सफलतापछि परिवारलाई धोका दिएका धेरै उदाहरण छन ।
अमीषा पटेलले परिवारबाट आफूलाई मानसिक तनाब दिएको आरोप लगाएकी छन् । उनले आफ्नो हरहिसाव पनि गडबडी गरेको आरोप लगाएकी थिइन् । उनले यो आरोप फिल्म ‘कहोना प्यार है’ र ‘गदर’ जस्तो हिट फिल्म दिएपछि लगाएकी हुन् ।
मन्दाना करीमीले श्रीमान् तथा उनको परिवारले आफूलाई पीडा पु-याएको आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई अभिनय छोड्ने दवाब समेत दिन्थे ।’
कृष्णा अभिषेशले आफ्नो पूरै करियर गोविन्दाको भान्जा बनेर बिताएका थिए । बास्तवमा भने उनी अहिले गोविन्दा र उनको परिवासँग कुराकानी पनि गर्दैनन् । करियरको सुरुवातको समय भने उनी गोविन्दाको परिवारको साथमा रहन्थे ।
अरशद वारसीले पनि आफू चर्चित भएपछि परिवार तथा कजिन भाई अनवर हुसेनसँग टाढा रहेका थिए । प्रतीक बब्बरले पनि अभिनयमा डेब्यु गरेपछि बुबा राज बब्बरलाई अर्काे परिवार बाहिर राखेको आरोप लगाएका थिए ।
कंगना रनौत अहिले पनि परिवारसँग कुराकानी गर्दिनन् । बलिउड करियर दौरानमा उनलाई परिवारले साथ नदिएको आरोप छ । रोहित शेट्टी अहिलेका चर्चित तथा सफल निर्देशक हुन् । उनको पनि परिवारसँग सम्बन्ध राम्रो छैन । फिल्म करियर सफल भएपछि उनले भाइ हृदय शेट्टीसँग कुराकानी गरेका छैनन् ।
सिद्धार्थ सागर लाखौ दर्शकलाई हसाउने टिभी स्टार सिद्धार्थले आमाले आफूलाई मेन्टल्ली टर्चर दिएको आरोप लगाएका थिए । परिवारले आफ्नो कमाइको दुरुपयोग गरेको आरोप समेत उनको थियो ।
सुरवीन चावला फिल्म नगरिमा धेरै समय बिताएकी छन् । अहिलेसम्म उनले आफूलाई स्थापित गर्न सफल भएकी छैनन् । चर्चित हुनका लागि उनले अंग प्रदर्शन समेत गरिन् । उनी पनि परिवारसँग कुराकानी गर्दिनन् ।
मनोरन्जन दुनिया प्रवेशको समय राहुल महाजन पनि परिवारसँग टाढा रहेका थिए । अहिले पनि उनी परिवारसँग टाढा नै छन् । एजेन्सी