संसारमा धर्मका नाउँमा ढोङ मचाउनेहरु बग्रेल्ती भेटिन्छन् । धर्मको आडमा मानिसहरुलाई प्रभावमा पार्ने र भित्रिभित्रै अपराधिक धन्दा र रासशिला गर्नेहरुका समाचारहरु बेलाबेलामा आइनै रहन्छन् । बेलाबेलामा अलौकिक तबरले उदाएका धर्मभिरुहरु समयसँगै अपराधिक कुर्कमका कारण पतनपनि बनिनैरहेका छन् । यसैबीच नेपालमा लिटिल बुद्धको ख्याती कमाएका रामबाहादुर बमजन यत्तिखेर त्यस्तै ढोगी र पाखण्ड भएको भन्दै चर्चित नेपाली अनलाइन सेतोपाटीले करिब तीन महिना लामो अनुसन्धानात्मक रिर्पोट सार्वजनिक गरेको छ । अनैकौं आरोप र विवादमा तानिएका बम्जन यत्तिखेर कहाँ छन् प्रशासनलाई पत्तो छैन । बुद्धका नाउँमा वदमाशी गर्ने वमजनको वास्तविकता बुझन् नेपाली समाजलाई १३ बर्ष कुर्नुपर्यो अझै थप वास्तविकता आउन बाँकि नै छ । । धर्मका नाउँमा संसारको ध्यान तान्दै बुद्घको औतारी बनेका वमजनका ऐस आराम, अपहरण, हत्या र राशलिला र हिंसाका समाचारहरु बाहिरीरहेका बेला कतिपय राजनीतिक नेताहरु भने उनलाई जोगाउन लागेको समेत चर्चाछ । ढोगी बंमजनको वास्तविकता पाखण्डहरुले जतिनै छोप्न खोजेपनि नाङ्गिनेनै छ । बुद्धको बदमाश चरित्र जतिनै जोगाउन खोजेपनि उदाङ्गो बनिसकेको छ ।
चर्चादेखि विवादको जड
बारा जिल्लाको एक वनमा निराहार तपस्या गरेको भन्दै १६ बर्षको उमेरमा विश्वप्रसिद्ध बनेका रामबहादुर बम्जन विगत केही समययता विवादमा पर्दै आइरहेका छन् । बुद्धको नयाँ अवतारको ख्याती बनाइरहेका बम्जन यत्तिखेर भने यौन हिंसा र आनी वेपत्ताको विवादको भकारीमा मुछिएका छन् ।
सन् २००५ मा निराहार तपस्या गरेको भन्दै एकाएक चर्चा बटुलेका बमजन चर्चा बटुलेका १३ बर्षपछि गंभिर विवादमा तानिएका हुन् ।
१६ बर्षको कलिलो उमेरमा अलौकिक तपस्पि भन्दै प्रचार गरिएका बमजन जसरी त्यतिखेर शान्त दयालु र धार्मिक भन्थ्यिो ठिक त्यसकै उल्टो यत्तिखेर क्रुर, निरदयी र अर्धमी ठहरिदैछन् ।
वमजनको उदय
सन् २००छ मा पिपलको बोट मुनी एक १६ बर्षको कलिलो यूवा तपस्यामा लिन रहेको र निराहार तपस्या गरेको खबरले संसारको ध्यान तान्यो । एकान्त बनमा सेतो रङको पातलो कपडा लगाएका, शरीर स्थिर र आँखा बन्द यूवा प्रति नेपालमा मात्र हैन संसारभरका संमाचार संस्थाको ध्यान खिच्यो । निराहर तपस्याको समाचारले एक किशोर एकाएक विश्वप्रसिद्ध बने ।
सुरुमा स्थानीयबासीको चर्चामा रहेका उनलाई हेर्न अन्य देशका तीर्थयात्री समेत आउन थाले । पिपलको बोटमुनी बनमा ध्यानमा बसेको एउटा तस्बिर सोही वर्ष भाइरल नै भयो । उक्त तस्बिरले नेपालमा मात्र नभएर विश्वका प्रमुख सञ्चारगृहको समेत ध्यानतान्न सफल बन्यो ।
उनै रामबहादुर बमजन करिब १३ वर्षपछि फेरि एक पटक चर्चाको केन्द्रमा छन् । उनी चर्चामा आउनुको कारण धेरैलाई प्रिय लागिरहेको छैन। उनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएका विवरणहरू बाहिर आइरहेका छन् । उनीमाथि यौन हिंसा, मानव अपहरण तथा वेपत्ता तथा हत्यासम्मको आरोप लागेको छ ।
यद्यपी बमजन आबद्ध संस्था, बोधी श्रवण धर्मसंघले एक विज्ञप्ति निकाल्दै, सञ्चारमाध्यममा उनीबारे आएका समाचार अस्विकार गरेको गरिरहेकोछ ।
विज्ञप्तिले ती समाचार आधारहीन र सडेगलेका भएको र तीनलाई संस्थाले खारेज गरिदिएको उल्लेख छ । यद्यपी यत्रो विवादका बीच वम्जन यत्तिखेर कहाँछन् अतो पत्तो छैन । उनीविरुद्ध प्रहरीमा समेत उजुरी त परेको छ , तर उनी कहाँ छन् ? त्यो जानकारी प्रहरी प्रशासनलाई समेत छैन ।
बमजन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारी अनुसार समान्य किसान परिवारमा वारा जिल्लाको रतनपुरमा उनको जन्म सन् १९९०को एप्रिल १० तारिखमा थियो । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो । उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् ।
सन् २००५ मा उनका परिवार, साथीभाइ र अनुयायीले बमजन ६ महिनासम्म पानी समेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदा सम्म उनी ध्यानमै रहने बताएका थिए । कलिलो उमेरमै ध्यानमा मग्न भएर वमजनले त्यतीखेर सबैलाई आश्चर्यचकित बनाएका थिए।
पशुवलीको विरोद्घि देखिएका वमजन तपस्या गर्ने क्रममा बेलाबेलामा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो। १६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए ।
तपस्याप्रति उनको लगाव र बुद्धसँगको तुलनाका कारण उनी ध्यान बसेको स्थान आसपास मानिसहरुको भिड लाग्ने गर्दथ्यो । कुनैसमय एकान्त वनको रुपमा रहेको बाराको उक्त वन अनुयायीहरूले बिस्तार्रै लुङ्ता छोर्तेन जस्ता धार्मिक ध्वजा–पताकाले सुसज्जित गरेपछि बिस्तारै धार्मिक स्थलमा परिणत हुँदै गयो।
नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै चर्चा बटुल्न सफल उनको कर्मले यति चर्चा पायो कि उनले निकै कम समयमा सामान्य बुद्धभक्तबाट चर्चित तपस्वीको भेष धारण गरे।
देशका विभिन्न ठाउँहरूमा आश्रम खोले र नेपालभित्र र बाहिर आफ्ना अनुयायीहरूको सङ्ख्या समेत क्रमिकरूपमा बढाउँदै लगे। त्यसै कारण उनले भित्रभित्रै असीमित शक्ति आर्जन गर्न थालेको उनीबारे प्रकाशित थुप्रै विवरणहरूमा उल्लेख छ ।
बाराको रतनपुरी गाउँ नजिकैको बनबाट तपस्या सुरु गरेका बमजनले पछिल्लो दशकमा मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थान समेत फेरिरहने गरेका छन् । बारा बाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको बताइन्छ ।
यस्ताछन् आरोपहरु :
विवाद नं. १ अनुयायीहरु वेपत्ताः
बमजनले संचालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको विवरण सार्वजनिक भइरहँदा बमजन माथि हेटौँडास्थित प्रहरी कार्यालयमा फुलमाया रूम्बा र कर्म वाइबालगायतका अनुयायी बमजनको आश्रमबाटै हराएको उजुरी परेका छन् । प्रहरी समक्ष उजुरी दिनेमा फुलमाया रूम्बाका भाइ विजय रूम्बा र सञ्चलाल वाइबा का छोरा महेन्द्र वाइबा रहेका छन् । त्यस्तै बाराका हस्तबहादुर आले मगर र नुवाकोटकी गंगामाया तामाङले पनि हराई रहेका आफन्तको खोजी गरिदिन सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
विवाद नं. २ तपस्पीहरुलाई कुटपिट तथा विदेशीलाई बन्धक :
बारा जिल्लामै केही स्थानीयहरू माथि हातपात गरेको भन्दै सन् २०१० मा बमजन विवादमा आएका थिए । बमजनले ध्यान गरिरहेको बेला उनीहरूले बाधा गरेकोले आक्रमण गरेको त्यतिखेर स्वीकारेका थिए । सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुई जना विदेशी महिलालाई बन्धक बनाएपछि उनी पुनः विवादमा तानिउका थिए ।
विवाद नं. ३ बलात्कार तथा यौन हिंसा :
यसै वर्षको भदौ महिनामा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । हिंसामा परेको निक्कै ढिला पत्रकार सम्मेलन गरेको भन्दै बम्जनमाथि कुनै कानूनी प्रकृया अगाडि बढाइएन । त्यसपछि बमजनविरुद्ध थप आरोपहरू लाग्ने शिलशिला बढ्दै गइरहेको छ र प्रहरीमा उजुरीहरू पर्नेक्रम बढिरहेको छ ।
विवाद नं. ४ , हत्या
बमजनका विषयमा एक जना अनयायीको आश्रममै कुटेर हत्या गरेको आरोप लागेको छ । एक चर्चित अनलाइनले लामो समयको अनुसन्धान गरी प्रकाशित गरिएको दावी गरिएको समाचारमा बमजनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको दुई जना प्रत्यक्षदर्शीले बताएको उल्लेख छ ।
वुद्घको चर्चा बटुलेका बमजन माथि निरन्तर आरोपहरु लागिरहेका छन् । धर्मका नाउँमा वमजनले गरेका कयौं अपराध श्रखला र वालिका माथिका यौन हिंसाका आरोपहरुको अवश्य पटाक्षेप हुनेनैछ । संसारको ध्यान तान्ने बुद्घ बनेका वमजनमाथि लागेका विवादका भकारीहरु पुष्टि हुने हो भने वुद्घ बन्दै ख्याती कमाएका वमजन बदमास हुँदै पतन हुने निश्चित छ ।
दिनेश घिमिरे/चक्रपथ डटकम