बागलुङ, ८ कात्तिक – नेकपा एमालेका केन्द्रिय सदस्य भूपेन्द्र थापाले ‘सुखी नेपाली र समृद्ध नेपाल’का लागि मुलुकमा एमालेको विकल्प नरहेको बताएका छन् ।
संविधान कार्यान्वयनका लागि पार्टी परिचनालन अभियान अन्तरगत आईतवार जिल्लाको दमेक गाविसमा आयोजित तेस्रो गाऊ अधिवेशनको उदघाटन गर्दै प्रमुख अतिथि थापाले एमालेको नीति र नेतृत्वबाट मात्रै समृद्ध नेपाल सम्भव रहेको बताए ।
‘सुखी नेपाली र समृद्ध नेपाल’का लागि एमालेको वहुमतको सरकार आवश्यक छ, केन्द्रिय सदस्य थापाले भने–‘नौ महिना मात्रै सरकारमा पुग्दा पनि एमालेले राष्ट्र र जनताका लागि धेरै काम गरेको छ, एमालेले वहुमत पाएमा मुलुकको कायलपलट गर्नेछ ।’
कार्यक्रममा कलास्टर नं. १० का उत्प्रेरक कृष्ण पाठकले राष्ट्रिय स्वाभिमानको रक्षा र मुलुकलाई आत्मनिर्भर बनाउन खोज्दा एमालेको सरकार ढालिएको वताउदै एमालेको भन्दा राम्रो कार्यक्रम लिएर देखाउन सत्तापक्ष नेपाली काँग्रेस र माओवादीलाई चेतावनी दिए । वर्तमान संविधान विश्वकै उत्कृष्ठ भएको वताउदै नेता पाठकले केही क्षेत्रियवादी दलले चाहदैमा संसोधन हुन नसक्ने वताए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै पार्टी केन्द्रिय प्रचार विभागका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतमले शान्तिपूर्ण आन्दोलनदेखि संविधान निर्माणसम्म मुलुक एमालेको नीतिबाट अगाडि बढेकाले कार्यान्वयनको दायित्व पनि एमालेको काधमा नै रहेको वताए ।
पार्टी जिल्ला कमिटीका सदस्य होमनाथ शर्मा सापकोटाले अव पार्टीका हरेक कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने वताउदै सोही अनुसारको नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीको २ नं. क्षेत्रिय कमिटीका उपाध्यक्ष हरिराम अधिकारीले एमालेको नौ महिना सरकारले अगाडि वढाएका कार्यक्रमका वारेमा जानकारी दिदै विपक्षसंग जुधेर राम्रा कामको प्रचार गर्नुपर्ने वताए ।
दमेक गाऊ पार्टी कमिटीका कार्यवाहक अध्यक्ष वेदवहादुर छन्त्यालको सभापतित्वमा समपन्न कार्यक्रममा स्वागत रमेश परियारले र सञ्चालन सावित्रा छन्त्यालले गरेका थिए ।
अधिवेशनले वेद वहादुर छन्त्यालको अध्यक्षतामा १५ सदस्य गाउँ पार्टी कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा प्रकाश शर्मा सापकोटा, सचिवमा धनप्रसाद सापकोटा, उपसचिवमा नानुमाया पुन, सदस्यहरुमा राज केसी, गिरी वहादुर थापा, गोपाल छन्तयाल, ठक वहादुर विक, गिता विक, नरवहादुर कलाल, प्रेम कुमारी थापा, दल वहादुर छन्तयाल, सावित्रा छन्तयाल, विक्रम थापा, भैरव वहादुर छन्त्याल निर्वाचित भएका छन ।
यसैगरी, अभियान अन्तरगत कलष्टर नम्बर ८ अन्तरगतका ५ वटा गाविसका अगुवा कार्यकर्ताहरुको भेला शनिवार बाटाकाचौरको टारिकाचौरमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै उक्त कलष्टरका उत्प्रेरक एवम् नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले मुलुकमा प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्नका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको दावी गरे । एमाले जिल्ला सचिवालय सदस्य तथा कलष्टर संंयोजक सावित्रा रानाले एमालेले सञ्चालन गरेको अभियानका बारेमा जानकारी गराउदै आम देशवासीले एक पटक एमालेको एकल नेतृत्व चाहेको बताइन् ।
कार्यक्रममा जिल्ला सल्लाहकारहरु मुमिश्वर पौडेल र हरिप्रसाद पौडेल, जिल्ला कमिटिका पूर्व सदस्यहरु धनिश्वर पौडेल र पूर्णबहादुर ढुंगाना, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका पूर्व सदस्य देवीदत्त पौडेल, क्षेत्र नम्बर २ का उपसचिव शन्तबहादुर गौतम, दलित सञ्जालको तर्फबाट प्रेमबहादुर नेपाली लगायतले मुलुकको समग्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम नेकपा एमाले बाटाकाचौरका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षता, सल्यानका अध्यक्ष नरबहादुर खत्रीको स्वागत र हुग्दिशिरका अध्यक्ष प्रेमप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा १ सय जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।
Previous Articleबौद्व बिहारको लागि प्रवासीको सहयोग
Next Article सशस्त्र युद्धको तयारीमा रहेको समूह हतियारसहित पक्राउ