भनिन्छ मायामा यस्तो शक्ति हुन्छ जसमा अपत्यारिलो ठानिएका कुराहरुलाई पत्याउन बाध्य तुल्याइदिन्छ । अनि जस्तो सुकै कठिक परिस्थीति भएता पनि साँचो प्रेम गर्नेलाई कुनै वाधा ब्यवधानले रोक्न सक्दैन । यस्तै भएको छ भारतका एक युवकलाई, जो नेपाली युवतीको प्रेममा परे । उनको नाम हो बलवान चन्द ।
बलवानको घर भारतको जम्बु राज्यमा पर्छ । उनि अहिले कामको सिलसिलामा राजधानी दिल्लीमा बस्छन् । डेढ वर्षभन्दा लामो समयदेखि प्रेममा रहेका बलवान र नेपाली युवतीले काठमाडौंमा दुईदिन सँगै बिताए । त्यसपछि बलवानकी प्रेमिका दुवई गइन् । प्रेमिकालाई छोड्नको लागि बलवान समेत विमानस्थल गए । र सोही रात उनी बसमार्फत भारत फर्किए । नेपालबाट भारतको राजधानी दिल्ली पुग्न ३४ घण्टा भन्दा लामो समय लाग्छ । बलवान पनि दिल्ली गएर दुवई जाने सोचमा छन् । एक मिडियासँगको कुराकानीमा बलवानले आफुले पासैपोर्टको सबै कामहरु मिलाईसकेको र केहि समयपछि आफु पनि दुवई जाने बताएका छन् । बलवानले प्रेमिकालाई भेट्न नेपाल आउँदा यहाँको पशुपतिनाथ र स्वयम्भुनाथ पनि घुमेका छन् ।
यसरी बस्यो मायाः
बलवान र नेपाली युवती २ वर्षअघि फेसबुकमा भेटिएका थिए । फेसबुकमा साथी बनेका उनीहरुकोबीचमा दिनदिनै गफ हुन्थ्यो । दैनिक गफगाफ हुने भएपछि उनीहरुलाई कता कता माया पलाएको आभास भयो । त्यसपछि बसेको माया यति धेरै झाङ्गिदै गयो की बलवानलाई प्रेमिकाका मायाले नेपालसम्म डो¥याएर ल्यायो । ‘माया त आफैँ बस्दो रहेछ ।’ बलवान भन्छन्, ‘जोडी भन्ने कुरा भगवानले नै जुराउने हो, हाम्रो जोडी पनि भगवानले नै मिलाएको हुनुपर्छ ।’ बलवान प्रेमिकासँग विबाह गर्ने सोचमा छन् । आफ्नो परिवारबाट विवाहको लागि केहिपनि रोकतोक नहुने उनको दाबी छ ।