
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुन:निर्माण प्राधिकरणबाट साे गाउँपालिकामा कार्यरत जाजरकोट निवासी सवइञ्जिनीयर दीपक कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले बताए ।
स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्राले आफू तीन महीनाको गर्भवती भएको थाहा पाएपछि किटानी जाहेरी दिएकी थिइन् । पीडकले पनि अाफ्नाे कसुर स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।