बागलुङ, ६ कात्तिक – कृषि सेवा केन्द्र बुर्तिबाङले ५० प्रतिशत अनुदानमा किसानलाई मौरीको घार तथा विउविजन वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयबाट प्राप्त ५५ थान मौरीघर बुर्तिबाङ, अधिकारीचौर, देविस्थान गाविसका ५५ जना किसानलाई वितरण गरिएको कार्यालयका निमित्त प्रमुख ईन्द्रमाया तामाङले जानकारी दिईन् ।
एउटा मौरी घारको मुल्य २ हजार ८ सय रहेकोमा किसानलाई ५० प्रतिशत अनुदान सहित १ हजार ४ सयमा वितरण गरिको हो । कृषि पेशा व्यवसायिक बनाई किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले अनुदानमा घर वितरण गरिएको हो । कृषि सेवा केन्द्र बुर्तिबाङ अन्र्तगतका १२ गाविसबाट ५ सयभन्दा बढी घारको माग भएकोमा मागको १० प्रतिशतलाई मात्र अनुदानमा घार उपलब्ध गराउन सकिएको तामाङको भनाई छ । जिल्लामा आएको मौरी घारको संख्या र बजेट कम हुँदा माग अनुसार सबैलाई पु¥याउन नसकिएको तामाङले बताइन् ।
किसानबाट महदानी, पञ्जा, जाली, टोपीजस्ता सामाग्री पनि माग आएकाले त्यसलाई जिल्लामा पठाउने निमात्त प्रमुख तामाङले बताइन् । यसैगरी, कृषि सेवा केन्द्रले २ सय ५० जना किसानलाई तरकारीको विउ वितरण गरेको छ । ब
न्दा, काउली, मुला, रायो लगायतका तरकारीको विउ वितरण गरिएको हो । किसानबाट गहुँ, तोरी र मसुरोको बिउको माग बढी आएकाले जिल्लाबाट मगाएर तिहारपछि वितरण गरिने केन्द्रले जनाएको छ ।
यसअघि केन्द्रले आलुको विउ पनि अनुदानमा वितरण गरेको थियो । चालु आर्थिक बर्षका लागि माग गर्ने योजनाका लागि किसानबाट निवेदन लिने काम सकिएको र अब जिल्लामा पठाईने केन्द्रले जनाएको छ ।
Previous Article‘साँच्चिकै पत्रकारिता’ को अभावमा मोफसल
Next Article स्वास्थ्य बिमितले उपचार पाउन थाले