रैछौ नानी गाजले मुख छोप्यौ लाजैले भन्ने बोलको गितबाट नेपाली सांगितीक क्षेत्रमा अलिक बढी चर्चा बटुलेका नकुल ढकालको जन्म भुमी बागलुङ्गको बलेवा भए पनि कर्म भुमी भने म्याग्दीको बेनी बजार हो । उनले कहिले आफ्नी मायाँलुलाई केबलकार चढाएर बलेवा पु¥याउन तत्लीन भए भने कहिले उनको जीवन छिनेको नेती जस्तो भयो भने कहिले असीना पानीले चुटेको खेती जस्तो भयो तर यथार्थमा नभएर गितको शब्दमा ।
कहिले सालैजोको बाकामा बान्की मारे भने किहले गाइ भन्दै गोरु नै दुहुन पनि पुगे गितकै शब्दमा तर पनि उनी गित संगितबाट कहिल्यै थाकेनन अनि कहिल्यै हार खाँदैनन पनि ।
उनले बजारमा ल्याएका गितहरु दियो जलाइदेउ, बलेवामा लैजान्छु मायालाइ, रहिछौ नानी गाजले, रुदै मेला पातैमा, पिरती मिसार, डिम्पल गालैमा जस्ता थुप्रै गित उनले आफ्नै स्वर र शब्दमा बजारमा ल्याएका थिए । भने चौतारीमा बर, बाबियोको बरियो जस्ता दमदार शब्द संयोजन पनि गरेका छन् ढकालले । ढकालका लागि गित संगित भनेको प्यासन हो तर उनको जिउने पेशा भनेको ब्यापार तर पनि उनी ब्यापार भन्दा धेरै गित संगितमै समय दिन्छन् ।
गायक तथा शब्द संकलक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गितको तयारी अन्तीम चरणमा पुगाएका छन् । गित रेकर्ड मात्र होइन म्युजिक भीडियो पनि छायांकन सकिएको छ । नेपाली समाजमा प्रयोग हुने उखानका शब्दलाइ गितको रुपमा उतारेर संगित संयोजन सहित गितको रुपमा अब दर्शक श्रोताको अगाडी आउँदै छ ।
सडकमा हिड्ने बटुवा सबै कमजोर र बेसाहारा हुदैनन, मान्छेमा एक रुप धेरै क्षमता हुन्छन भन्ने तरिकाले यो गितको संदेश रहेको गायक तथा शब्द संकलक नकुल ढकालको भनाइ छ । अरु सबै सन्देश यही मंसीर २० गते आत्म बिश्वास फिल्मसबाट रिलिज भएपछि थाहा पाइने भन्दै गोप्य नै राखेका छन् ढकालले ।
शब्द शंकलनका साथै पुरुष स्वर नकुल ढकालले दिएका छन् भने उनलाइ स्वरमा युद्ध गर्न अहिलेकी चर्चीत गायीका प्रिति आले आइपुगेकी छन् । उनीहरुलाइ स्वरमा साथ दिन रितु ब्रोकन र दुर्गा बिरहीले साथ दिएका छन् । बिष्णु शर्माको संगित रहेको उक्त गितमा नकुल ढकाल र प्रीति आलेले अभिनय गरेका छन् । म्युजकि भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका छन ।