केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ ।
नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।