फौजदारी अपराध संहिता ऐन–२०७४ लागू भएपछि म्याग्दीमा हालसम्म ३७ ओटा मुद्दा दर्ता भएका छन् । गत भदौ १ गतेदेखि लागू भएको नयाँ कानुन फौजदारी अपराध संहिता ऐन कार्यान्वयनमा आएसँगै शुक्रबारसम्म जिल्लामा विभिन्न प्रकृतिका कुल ३७ ओटा मुद्दा (अभियोग–पत्र) दर्ता गरिएको हो ।
नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आउँदो पुस महिनामा काठमाडौंमा हुनेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले नयाँ कानुन लागूपछि कार्यालयमार्फत दर्ता गरिएका मुद्दाका विषयमा बताएका थिए । उनका अनुसार अभद्र व्यवहार, जबरजस्ती करणी, बालयौन दुव्र्यवहार, कर्तव्य ज्यान, डाँका चोरी, पशुपंक्षीसम्बन्धी कसुरलगायत मुद्दाहरु जिल्ला सरकारी वकिल कार्यालयमा अभियोजनपत्र दर्ता गराई जिल्ला अदालतमा दर्ता गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा शुक्रबार म्याग्दीको बेनीमा आयोजित पत्रकार सम्मेलनमा पुसको ८ गतेदेखि १० गतेसम्म सम्मेलन गर्न लागिएको जानकारी गराइएको थियो । वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराधसंहिताको प्रभावकारी कार्यान्वयन भन्ने नारासहित नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सम्मेलनको बारेमा जानकारी दिँदै जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता पन्तले सम्मेलनपछि कार्यालयको काम, कर्तव्य र अधिकारलाई समुदायस्तरसम्म पु¥याइने बताए ।
उनले सम्मेलनमा अपराध संहितामा भएका विषयहरुलाई कसरी कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने बताउँदै विभिन्न मुद्दाउपर अदालतमा थुनछेक र बहस चलेको समय तथा समाजमा शान्तिसुरक्षा एवं अमनचयन कायम गराउन प्रभावकारी भूमिका निभाउने विषयमा समेत छलफलका साथै अन्तत्र्रिmया हुने बताएका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले सार्वजनिक अपराधसँग सम्बन्धित मुद्दाहरु पछिल्लो समय अदालतको प्रक्रिया अनुसार काम कार्वाही अगाडि बढाउनुपर्ने व्यवस्था रहेको बताए ।
कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता जीवराज सुवेदीले जिल्ला सरकारी वकिल कार्यालयको मुख्य काम अपराधीलाई सजाय दिलाउने र अदालतमा मुद्दा दायर गर्ने रहेको बताउँदै नेपाल सरकारको हकहित तथा कानुनको संरक्षण गर्ने रहेको बताएका थिए । उनले जिल्ला सरकारी वकिल कार्यालय अदालतको सहयोगी रहेको पनि बताएका थिए । जिल्ला सरकारी वकिल कार्यालयले गत वर्षदेखि म्याग्दीमा ‘समुदायमा सरकारी वकिल’ नामक कार्यक्रम सञ्चालन गरी कार्यालयको काम, कर्तव्य र अधिकार तथा सेवा प्रवाहका विषयमा जानकारी गराएको जिल्ला न्यायाधिवक्ता पन्तको भनाइ छ ।
जिल्ला न्यायाधिवक्ता पन्तको अध्यक्षता, सहायक जिल्ला न्यायाधिवक्ता सुवेदीको स्वागत र नायब सुब्बा ध्रुव पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारको सहभागिता रहेको थियो ।
Previous Articleजिफन्टको युवा नगर कमिटी गठन्
Next Article कीर्तिनिधि विष्ट राष्ट्रवादी नेताः प्रधानमन्त्री ओली