बीबीसी
रियो डे जेनेरियो, ३० साउन – नेयमारले ओलम्पिकमा आफ्नो पहिलो गोल गरेसँगै ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई २–०ले पराजित गर्दै पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बार्सिलोनाका फरवर्डले खेलको १२ औं मिनेटमा फ्रिकिकमा गोल गरेका हुन् भने लुआनले मध्यान्तरपछि गोल गरेका थिए । ब्राजिलले अब सेमिफाइनलमा होन्डुरससँग खेल्ने छ ।
होन्डुरसले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
यस्तै अर्को सेमिफाइनलमा भने जर्मनीले नाइजेरियाको सामना गर्ने छ । नाइजेरियाले डेनमार्कलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । उता जर्मनीले पोर्चुगल माथि ४–० को फराकिलो जित हासिल गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
Previous Articleफेल्प्सको बिदाइ बोल्टको आगमन
Next Article फिल्ममा नयाँपनको खोजी आसलाग्दो