कमेडियन कपिल शर्माले प्रेमिका गिन्नीसँगको प्रेमसम्बन्धका विषयमा खुलेर कुरा गरेका छन् ।
एक मनोरञ्जन वेबसाइटसँग कुरा गर्दै कपिलले गिन्नीसँग आफ्नो बिहे हुन लागेको तर उनको पिताले बिहेको प्रस्ताव पहिले रिजेक्ट गरिदिएको खुलासा गरे । बिहेको प्रस्ताव कपिलकी आमाले गिन्नीको घरमा लिएर गएकी थिइन् ।
कपिलले भने, ‘मैले एचएमभी कलेज जालन्धरमा पढाइ सकेको हो । म कलेज पढ्दै गर्दा नाटक पनि लेख्थें । त्यसमा खेल्ने कलाकारको खोजीमा गिन्नीको कलेज पनि पुगें । उनी पनि अडिसन दिन आएकी थिइन् र त्यहीँ हाम्रो पहिलो भेटघाट भएको हो ।’
त्यतिखेर गिन्नी १९ वर्षकी थिइन् र म २४ वर्षकी थिएँ । युवतीहरूको अडिसन लिने क्रममा गिन्नीबाट म निकै प्रभावित भएको थिएँ । हामीले रिहर्सल शुरू गरेपछि गिन्नीले मेरा लागि खाना लिएर आउने गरेकी थिइन् । मलाई उनले
सम्मान दिएकोले यो सबै गरेको भन्ने लागेको थियो ।’
गिन्नीले भनिन्, ‘कपिललाई देख्नेबित्तिकै मैले मन पराएकी थिएँ । त्यसैले म उनका लागि खाना लिएर गएकी थिएँ । एक साथीले मलाई गिन्नी तिमीलाई मन पराउँछिन् भन्यो तर मैले विश्वास गरिनँ । मैले गिन्नीलाई आफैं सोध्दा हो भनिन् ।’
कपिल भन्छन्, ‘मैले कमाउन शुरू गरेपछि मेरी आमा बिहेको प्रस्ताव लिएर गिन्नीका पिताकहाँ पुगिन् । तर उनले मानेनन् । अनि म पनि काममा व्यस्त हुन थालें । मुम्बईमा सेटल भएपछि मेरो जीवनमा अनेकौं परिवर्तन आए । तर
गिन्नीले मलाई कहिले पनि डिस्टर्ब गरिनन् । उनको जस्तो धैर्य कसैको पनि हुँदैन । त्यसैले पनि मैले उनीसँगै बिहे गर्ने सोच बनाएँ ।
गिन्नीले भनिन्, ‘कपिल मलाई एकदमै ध्यान दिन्छन् । उनीजस्तो अरू कोही पनि हुन सक्दैन । उनी आफ्नी आमा र दिदीलाई माया गर्छन् भने पार्टनरलाई पनि त्यत्तिकै माया गर्नेमा म ढुक्क छु ।’
कपिल र गिन्नीको बिहे डिसेम्बर १२ मा जालन्धरमा हुँदैछ । डिसेम्बर १४ मा प्रीतिभोज हुँदैछ ।
एजेन्सी