एजेन्सी – यो समाचार सुन्दा तपाईलाई अचम्म लाग्नसक्छ तर यो सत्य हो । अमेरिकाकी चर्चित अभिनेत्री एवम् गायिका एरियाना ग्राण्डे अहिले एउटा सुँगुरसँग गहिरो प्रेममा परेकी छिन् । उनले आफ्नो प्रेमीलाई त्यागिन् तर सुँगुरलाई त्यागिनन् ।
मिडियाको खबरलाई मान्ने हो भने डेन्जरस विमन एल्बमकी गायिका एरियाना आफ्नो घरपालुवा सुँगुरलाई आफ्नो प्रेमीलाई भन्दा पनि धेरै चाहन्छिन् ।
करिब पाँच महिना पहिले एरियाना ग्राण्डेले अमेरिकी हाँस्यकलाकार तथा अभिनेता पेट डेभिडसनसँग इंगेजमेन्ट गरेकी थिइन् । त्यस समय डेविडसनले उपहारस्वरुप एरियानालाई सुँगुरको बच्चा दिएका थिए । तर दुर्भाग्यवश केही समयपछि ती दुई जोडीबीच खटपट शुरु भयो जसकारण उनीहरुले आफ्नो विवाहलाई तोडे ।
सम्बन्ध तोडेपछि एरियानालो डेविडसनका सम्पूर्ण उपहारहरु फिर्ता दिनुपर्यो । एरियानाले करिब ६८ लाख रुपयाँ मूल्य पर्ने औंठी पनि फिर्ता दिइन् तर उनले त्यस सुँगुरको बच्चालाई भने फिर्ता दिइनन् ।
यो कुरा बाहिर आएपछि धेरैजना आश्चर्यमा परेका छन् । एरियानाको जीवनमा एक महिना पहिले आएको त्यो सानो सुँगुरको बच्चा निकै महत्वपूर्ण छ । उनी त्यसलाई धेरै प्रेम गर्छिन् । त्यसलाई साथै ओछ्यानमा राखेर सुत्छिन् । उनी त्यसलाई आफूबाट एक क्षणका लागि पनि टाढा राख्दिनन् ।