सन्दिप शर्मा/म्याग्दी
श्निबार भएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको एघारौं बार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनबाट अध्यक्षमा मुकुन्दप्रसाद आचार्य भएका छन् । उपाध्यक्षमा नवराज पौडेल, सचिवमा नारायण सुवेदी, कोषाध्यक्षमा डिल्लीराम रेग्मी र सह–सचिवमा भिमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजु केसी, ओमकार पौडेल, ध्रुर्वराज सुबेदी, मुक्ती सुवेदी, जमुना शर्मा र कमला सुवेदी चयन भएका छन् । महासंघको पहिलो बैठकले एक जना सदस्य मनोनित गर्ने निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्माले जनाकारी दिएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै म्याग्दी उघोग वाणिज्य संघ म्याग्दीका अध्यक्ष उत्तम कुमार कर्मचार्यले ब्यवसाय सञ्चालन गरिरहदाँ समस्याहरु उत्पन्न हुने बताए । समस्याको समाधान गर्नका लागि ब्यवसायीहरु एकजुट हुनुपर्ने कर्माचार्यको भनाइ थियो । उनले ब्यवसायीहरुले ब्यवसायबाट कमाएको नाफाको केही प्रतिशत लगानि गरेर उद्योग सञ्चालन गर्नका लागि आग्रह गरेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघका केन्द्रीय सदस्य लिलाराम गौतमले ब्यवासमा व्यसायिहरु मर्यादित हुनु पर्ने बताएका थिए ।
पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सुदर्शनकुमार श्रेष्ठ, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ पर्वतका अध्यक्ष रमेश पौडेल, बाग्लुङ्गका पुर्व अध्यक्ष ध्रुर्व शर्मा, प्यब्सन म्याग्दीका सचिव हिरा पुन, होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य, नेपाल कपडा ब्यवसायी फेन्सी संघ म्याग्दीका अध्यक्ष सुवर्ण रिजाललगायतले मन्तब्य ब्यक्त राखेका थिए । सधारण सभामा २१ लख ३४ हजार ८ सय ३४ रुपैयाँको आर्थिक तथा प्रगति प्रतिवेशन परित भएको छ । सचिव पौडेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष मुकुन्दप्रसाद आचार्यले स्वागत गरेका थिए ।
Previous Articleबास्कुना कृषि सहकारीमा तीलक गुरुङ
Next Article प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वदेश फिर्ता