बास्कुना कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा तीलकबहादुर गुरुङ निर्विरोध रुपमा निर्वाचित भएका छन् । बास्कुना कृषि सहकारी संस्थाको शनिबार भएको सातौं वार्षिक साधारणसभाबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।
साधारणसभाको निर्वाचनबाट उपाध्यक्षमा जेनीसा भण्डारी, सचिवमा शेरबहादुर के.सी., कोषाध्यक्ष सन्तु गुरुङ र सहसचिवमा भीमबहादुर थापा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दलबहादुर कार्की, तुलबहादुर के.सी, ओमकुमारी गुरुङ, पुर्णबहादुर गुरुङ चयन भएका छन् । ११ सदस्यीय सञ्चालक समितिको बाँकी रहेको दुई जना सञ्चालक समितिको बैठकले आवश्यकता अनुरुसार थप गर्ने साधारणसभाबाट निर्णय भएको छ ।
त्यस्तै नरबहादुर खत्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति गठन भएको छ । समितिको सदस्यहरुमा लोकेन्द्र गुरुङ र मिना श्रीष सर्वसम्मत रुपमा चयन भएका छन् ।
शनिबार भएको साधारणसभामा प्रमुख अतिथि अमृत बास्कुनेले राज्यले कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेकाले यस क्षेत्रको भविष्य हिजो पनि थियो अहिले पनि छ र भोली पनि हुने बताएका थिए । बास्कुनेले सहकारीलाई उत्कृष्ट बनाएर अगाडी बढ्नका लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताएका थिए ।
साधारण सभा तीलकबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष जेनिसा भण्डारीको स्वागत र सचिव शेरबहादुर के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो । नव निर्वाचित सञ्चालक समितिलाई निर्वाचन मण्डलका संयोजक लिलाबहादुर गुरुङले सपथ ग्रहण गराएका थिए ।
Previous Articleनिर्मला पन्तका बुवाको मानसिक अवस्था समस्याग देखियो
Next Article पुस्तक ब्यवसायी महासंघमा आचार्य