पर्वत, ४ कात्तिक – विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ तर सुचना र प्रविधिको बिकास संगै पछिल्लो समयमा हुलाक सेवाको आकर्षण घटेकोले यसलाई समयानुकुल आधुनिक र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिइएको छ ।
बिश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा बोल्ने बत्ताहरुले हुलुक सेवालाई समयानुकुल आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमा बोल्दै जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले पहिले सुचना पु¥याउने प्रमुख माध्यम हुलाक भएपनि पछिल्लो समयमा प्रविधिको बिकासका कारण यसको प्रयोगमा कमि आएकोले समयानुकुल सुधार गर्न आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले हुलाक सेवालाई पत्रपत्रिका बर्गिकरण, प्रेस पास दिने र नविकरण गर्दै सञ्चार मन्त्रालयको इकाईको रुपमा बिकास गर्न सुझाब दिए ।
जिल्ला हुलाक कार्यालय पर्वतका निमित्त प्रमुख मिनप्रसाद श्रेष्ठले जिल्लामा हुलाक सेवाको अवस्थाका बारेमा जानकारी दिएको कार्यक्रममा जिल्ला हुलाक कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने खरिदारहरु लोकनाथ पौडेल र गोपाल शर्मा अधिकारीलाई सम्मान गरिएको थियो ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । तर यस बर्ष हुलाक दिवसमा दशैको अष्टमी परेका कारण हुलाक सेवा बिभागले बुधबार उक्त दिवस मनाइएको हो ।
Previous Articleएमालेको अभियान निसीको भल्कोटमा
Next Article २०७३ कात्तिक ४ गते बिहीबारको राशिफल