बागलुङ, ४ कात्तिक – नेकपा एमालेको जिल्ला अधिवेशन र संविधान कार्यन्वयनका लागि जिल्लाव्यापी रुपमा सञ्चालित अभियान अन्र्तगत बिभिन्न क्लष्टरमा कार्यक्रम सम्पन्न भएका छन् ।
दर्लिङ, राजकुट, निसी, देविस्थान र बोहरागाउँ क्लष्टरको निसीको भल्कोटमा कार्यक्रम सम्पन्न भएको एमालेले जनाएको छ ।
सो अवसरमा बोल्दै नेकपा एमालेका प्रदेश नम्बर ४ का सदस्य इन्द्रलाल सापकोटाले एमाले नेतृत्वको तत्कालिन सरकारले राष्ट्रियका लागि लिएको अडान, संविधानले दिएको सम्भावना, प्रगतिशिल बजेट, छिमेकी राष्ट्र सँगको सम्झौतामा ऐतिहासिक कार्य गरेको बताए ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य टकं पौडेलले पार्टीको आसन्न जिल्ला अधिवेशनबारे जानकारी गराएका थिए । कार्यक्रम एमाले निसी गाउँ कमिटीका कुमबहादुर बुढाको अध्यक्षता, भुमिराज बुढाको स्वागत र लिलाबहादुर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियान अन्र्तगत नेकपा एमाले तारा गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले धनप्रसाद बुढाको अध्यक्षतामा २१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ ।
यस्तै, निवर्तमान गाउँ कमिटी अध्यक्ष जयलाल गैरे, यामलाल कंडेल र थपप्रसाद गौतम रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको अध्यक्ष धनप्रसाद बुढाले बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय निर्वाचन तथा कानुन बिभाका सदस्य ममतादेवी शर्माले एमालेको नीति र नेतृत्वबाट मात्र देशले अपेक्षित गति लिने बताइन् ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा क्लष्ट संयोजक सञ्जय श्रेष्ठले पार्टी जिल्ला अधिवेशनको तयारी बारे बोलेका थिए । कार्यक्रम जयलाल गैरेको अध्यक्षता, कर्णबहादुर केसीको स्वागतमा सम्पन्न भएको थियो ।