
कालिकोट / जिल्लाको तिलागुफा नगरपालिका ७ छाप्रेमा एक जना दलित समुदायको युवा माथी बुधबार बेलुका सामुहिक हमला भएको छ । स्थानीयका अनुसार कालिकोट जिल्लाको छाप्रेमा स्थायी घर भएका मान. बहादुर सार्कीलाई सोही गाउँ कान्छी वाडा घर भएका ६/७ जनाको संख्यामा आएका ठकुरीका केटाहरूले तल्लो जातिको मान्छे भन्दै अचेल हुनेगरी कुटपिट गरेका छन् ।
ठाउँमा दलितको बाहुल्यता कम भएको र सबै दलित आ-आफ्नो व्यापार,व्याबसाय गरेर खाएको रिसले कहिले जातीयताको छुवाछूत गर्ने त कहिले भौतिक आक्रमण गरेर भौतिक रुपमा नै समाप्त पार्ने योजना बनाउने गरेपनी असफल भएपछि अहिले एक्लै भएको मोका छोपी सामुहिक हमला गरेकोसमेत एक जना दलित युवाले नाम नभन्ने सर्तमा बताएका छन् ।
पीडित मान. बहादुर सार्की लगाएत दलित समुदायका धेरैजसो मानिसलाई सानो जातको मान्छे भनेर सार्वजनिक ठाउँमा कसैको बिबाह ,भोज, भतेड गरेको समयमा पुरै गाउँलेलाई खुवाएको भोजको जतिपनी जुठा भाडाकुडाहरु दलितले माझ्नु पर्ने बाध्यकारी नियमसमेत बनाएको स्थानीय दलित समुदायले जानकारी दिएका छन् । पीडित मान. बहादुर सार्कीले अहिलेको समयमा पनि जातीय छुवाछूत र अन्याय अत्याचार सहेर बस्न नसकीने प्रतिक्रिया केही समय पहिले दिएका थिए । त्यहीँ समयको मौका छोपी उनीमाथी सामुहिक हमला भएको बुझिएको छ । स्थानीय दलित एक युवाका अनुसार यो घटनाको बारेमा अरु कसैलाई खबर गरे आफुहरु ज्यानसमेत लिनपछि नपर्ने भन्दै चेतावनी दिएको हुनाले अहिलेसम्म उजुरी दर्ता गराउन नसकेको गुनासो पोखेका छन् ।
कालिकोट जिल्लाको छाप्रेमा पटकपटक यस्ता प्रकृतिका धेरै घटना घट्ने गरेपनी ठकुरीहरुको दबाबमा सार्वजनिक गर्न नसकिएको एक स्थानीयले बतायका छन । मान. बहादुर सार्की आफ्नो काम गरेर खाने एक जना दलित युवा भएको र बिगत एक बर्ष देखि छाप्रेको कालिका स्कुल नजिकै थली भन्ने ठाउँ कुखुरा काटेर आफ्नो व्यबसाय चलाएको एक जना इमानदार युवा भएको र अन्यायको विरुद्धमा जहिले पनि आवाज उठाउने गरेको एक जना स्थानीयले बतायका छन । तिलागुफा नगरपालिका ७ मा दलित युवामाथी कुटपिट भएको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय कालिकोटमा बुझ्न् खोज्दा जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भिम रावतले छाप्रेमा भएको घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी नपरेकोले अहिले नै घटनाको यथार्थ विवरण दिन नसकीने बताएका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका मानबहादुर सार्कीको तिलागुफा ७ छाप्रेको स्थानीय स्वास्थ चौकीमा उपचार हुन । नसकेपछि कालिकोट जिल्ला अस्पताल मान्ममा उपचार भैरहेको छ । र गम्भीर घाइते भएका सार्कीको अहिलेसम्म होस् आउँन नसकेको रमेश बि.कले बताएका छन् । समुहिक हमला गर्ने व्यक्तिहरुको विरुद्धमा उजुरी नपरेकोले कार्बाही गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भिम रावतले बताएका छन् । जवान रावतका अनुसार उजुरी परेमा दोषीलाई छिट्टै कार्बाहिको दायरामा आउने बिश्वास छ ।
तिलान्युज बाट