भारतका सबभन्दा धनी व्यक्ति मुकेश अम्बानी र नीताकी छोरी ईशा बिहे गरेपछि मुम्बईको वर्ली सी फेसमा बस्नेछिन् । उनी त्यहाँ आफ्ना पति आनन्द पीरामलसँग बस्नेछिन् ।
ईशाको माइती अल्टामाउन्ड रोडस्थित अम्बानी म्यान्सन देशकै चर्चित भवनमा पर्छ र उनको घर पनि कम शानदार छैन ।
आनन्दका पिता अजय पीरामलले त्यसलाई ७०० करोड रुपैयाँमा किनेका थिए ।
ईशा १२ डिसेम्बरमा आनन्दसँग विवाह गर्दैछिन् । त्यसपछि यो दम्पती वर्ली सी फेसस्थित पाँचतल्ले बंगलामा सर्नेछ ।
यो विलासी बंगला ५० हजार स्क्वेयर फीटमा फैलिएको छ । यो बंगला आनन्दका मातापिता स्वाति र अजय पीरामलले आफ्नो छोरा र बुहारीलाई उपहारका रूपमा दिएका हुन् ।
अजय पीरामल संसारभरि १० अर्ब डलरको कारोबार सम्हाल्छन् र औषधि, वित्तीय सेवा, घरजग्गा कारोबार, आईटी र ग्लास प्याकेजिङ लगायतका कुराको व्यापार गर्छन् ।
पाँचतल्ले बंगलामा बेसमेन्टको तीन तल्ला अलग्गै छन् । दोस्रो र तेस्रो तल्ला सर्भिस र पार्किङका लागि हो । लेभल १ बेसमेन्टमा एउटा लन, ओपन एयर वाटर बडी र एक डबलहाइट मल्टी पर्पस रूम छ ।
बंगलामा लाउन्ज एरियामा छ । त्यसबाहेक ड्रेसिङ रूम र सर्भेन्ट्स क्वार्टर पनि बनाइएको छ ।
यो बंगला हिन्दुस्तान युनिलिभर लिमिटेड ट्रेनिङ सेन्टरको एक प्लटमा बनेको हो । त्यसलाई पीरामलले सन् २०१२ मा किनेका हुन् ।
एजेन्सी