खगोलवैज्ञानिकहरूले सूर्यको निकटतम ताराको चक्कर लगाउने एक सुपर अर्थ पत्ता लगाएका छन् ।
यसबाट पृथ्वीका सबभन्दा नजिकका ग्रहहरूका बारेमा जानकारी आउने सम्भावना छ ।
बेलायतको क्वीन मेरी लन्डन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, सुपर अर्थ पृथ्वीभन्दा ठूलो छ र त्यसलाई बर्नार्ड्स स्टार बी नामले चिनिन्छ ।
वैज्ञानिकहरूका अनुसार, यो सुपर अर्थ आफ्नो होस्ट तारालाई २३३ दिनमा परिक्रमा गर्छ ।
साइन्स जर्नलमा प्रकाशित यो अध्ययनअनुसार, यो ग्रह आफ्नो होस्ट ताराभन्दा धेरै पर भएकाले यसलाई स्नो लाइन भनिन्छ । अर्थात् यो दूरीमा पानी, अमोनिया, कार्बनडाइअक्साइड जस्ता कुरा चिसोका कारण जम्छ ।
अनुसन्धानकर्ताले यो ग्रहमा जीवनको अस्तित्व छैन । ग्रहको तापमान शून्यभन्दा १७० डिग्री सेल्सियस तल छ । यस्तो पूरै जमेको ग्रहमा पृथ्वीजस्तो जीवनको अनुकूल अवस्था छैन ।
एजेन्सी