म्याग्दी, ३ कात्तिक – स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबैखाले रोगहरुको उपचार स्वदेशमै गर्न सम्भव रहेको हुँदा सरकार लागि परेको बताएका छन् ।
बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्षको उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्दै उनले सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताए ।
स्वास्थ्यमन्त्री थापाले नेपालमा सेवा पाइएन भनेर कुनै पनि नागरिक विदेशमा जानु नपरोस् र कसैले पनि पैसा छैन भनेर उपचारबाट बञ्चित हुन नपरोस् भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए ।
उनले अहिले भैरहेका स्वास्थ्यचौकी, जिल्ला अस्पताल र अञ्चल अस्पतालमा सेवा प्रवाहको गुणस्तर बढाउन र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने स्वास्थ्यसंस्था बनाउने सरकारको लक्ष्य रहेकोमा जोड दिए । सबैखाले रोगको उपचार देशभित्रै सम्भव रहेकाले कुनैपनि नागरिक विदेश जान नपर्ने वातावरण बनाउन लागिएको थापाले जानकारी दिए ।
Previous Article१० नं. इलाकालाई नपा बनाउन माग
Next Article २०७३ कात्तिक ३ गते बुधबारको राशिफल