नेपालमा हिजो बुधबार लक्ष्मीसँग धुमधामसँग मनाइयो । यस्तै हिन्दूधर्मावलम्बी रहेको भारतमा पनि दिवाली धुमधामसँग मनाइएको छ ।
यसक्रममा भारतका सेलिब्रेटीहरुले धुमधामसँग दिवाली मनाएका छन् । बलिउड स्टार्सले धुमधामले दिवाली मनाएका हुन् । जहाँ सोनम कपुर आनन्द आहुजाले विवाह पछिको दिवाली विदेशमा मनाएका छन् । सलमान खान बहिनी अर्फिताको घरमा दिवालीको पार्टीमा गएका थिए ।
रणीविर दीपिका दिवालीको अवसरमा निर्देशक सञ्जय लीला भन्सालीको अफिस पुगेका थिए । समाचारहरुका अनुसार उनीहरुले निर्देशकलाई विवाहको निम्ता दिएका हुन् । बलिउड सेलेब्रेटिको दिवाली यस्तो रह्यो ।
तस्वीरमा अभिषेक बच्चन, ऐश्वर्या तथा आराध्या । उनीहरु केही दिनअघि गोवामा विदा मनाएर फकिएका हुन् ।
बरुण धवनले आफ्नी प्रेमिका नताशा दलाल तथा परिवारका साथ दिवाली मनाए ।
सोनम कपूरले पति आनन्द आहूजाका साथ लण्डनमा दिवाली सेलिब्रेट गरेका छन् ।
ट्विंकल खन्न तथा अक्षय कुमारले दिवाली मनाएका छन् ।
अजय देवगन र कजोलले परिवारका साथ दिवाली मनाए ।
दिवालीमा करिना कपूरा इन्डियन लुक्समा देखिएकी थिइन् ।
कटरीना कैफले दियो बालिदरहेको तस्वीर सार्वजनिक भएको छ ।
दिवालीमा शाहीद कपुर र मीरा राजपूतको रोमान्टिक तस्वीर सार्वजनिक भएको छ । दिवालीको अवसरमा दुबै जना किस गरिरहेका देखिएका हुन् ।
सैफ अली खान तथा तैमुरको दिवाली लुक्स सार्वजनिक भएको छ ।
करण जोहर आफ्ना छोरा यशसँग देखिएका छन् ।