पुर्ण विश्वकर्मा
इरुप्से ड्टकम / ओमन प्रवासी नेपाली एकता मञ्च ओमनका सकृय सदस्य रामसिङ्ग तामाङलाई २ नोभेम्बर शुक्रबार रुसेल गार्डन्मा सम्मान तथा बिदाई गरेको छ । कार्यदल सदस्य कमरेड सोमकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौनधारण गरि सुरु भएको थियो। कार्यक्रममा कार्यदल सदस्य क. उमेश बिक,चक्रमान तामाङ , बिष्णु चौलागाईं , होमनाथ गुरुङ, तामाङ समाजका अध्यक्ष क. तेजबहादुर तामाङ, तामाङ समाजका वरिष्ठ उपाध्यक्ष बिरोज लामा, उपाध्यक्ष पासाङ तामाङ र सल्लाहकार दावा तामाङको समेत उपस्थिति थियो।उपस्थित सबैले क. राम सिङ्ग तामाङको यात्रा सफलताको कामना सहित उहाँको ब्यक्तिगत, पारिवारिक र सामाजिक जीवन आगामी दिनमा अझ उज्वल रहोस् र भाबी कार्ययोजना सफल बनोस् भन्दै शुभकामना ब्यक्त गरेका थिए। क. उमेश बिकले उँहाको राजनितिक पृष्ठभुमिको चर्चा गर्दै क . राम सिङ्ग तामाङले संगठनमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो।
उहाको बिचार योगदानको उच्च मुल्यांकनले उहामा अझै स्वदेश गैसकेपछी पनि जिवनोपरान्त सधै सर्वाहाराबर्गिय राजानितिमा अग्रसर रहिरहने कुरा स्वयम् आफुले समेत र कार्यक्रमको समापनमा बोल्नुहुने कार्यक्रमका अध्यक्ष कमरेड सोम कृष्ण श्रेष्ठ पनि उहाको ओमन बसाईको मुल्यवान समय,योगदान,सहकार्य सधै हामी बिच ईतिहास बनिरहने र सम्झिरहने छौं भन्दै उहाँको आवस्यकता मञ्चलाई खड्किरहने बताउनु भयो । नेपाल गएर पनि पार्टी ,सङ्गठनमा आवद्ध भएर त्यो खडिकिएको आभासला पुरा गर्नुहुनेमा आफू र सिङ्गो मञ्च र अहिलेको एकीकृत पार्टी पनि बिस्वस्त रहेको धारणा राख्दै बिदाइको लागि शुभयात्राको सन्देश ब्यक्त गर्नुभएको थियो। उपस्थित सबैले शुभयात्राको सन्देश दिदै अंकमाल र बिदाइका हातहरु मिलाउदै शुभयात्राको सन्देश दिएका थियो ।