पर्वत, २ कात्तिक – धौलागिरि अञ्चललाई जोड्ने पोखरा–बागलुङ सडक भत्केर कामै नलाग्ने भएको छ । चीनको सहयोगमा २०४८ सालमा निर्माण भएको उक्त राजमार्गअन्तर्गत कास्कीको काँडेदेखि पर्वतको मालढुङ्गासम्मको खण्डको अधिकांश ठाउँमा मर्मतसम्भार गरिए पनि एक वर्ष नपुग्दै भत्किएको छ । करिब ७२ किलोमिटर लामो सो सडक पार गर्न चार घन्टा बढी समय लाग्ने गरेको छ ।
सडकको भौगर्भिक अवस्था नाजुक भएका कारण भत्कने समस्या रहेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले बताए- “भूगोल नै कमजोर छ, सडक मर्मत गरेरमात्रै हुने अवस्था छैन, पूरै राजमार्ग पुनःस्थापना गर्नुपर्छ ।”
धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष कुमार खड्काले पानी परे नपरे पनि सडक सँधै भत्किने गरेको बताए । पर्वत सदरमुकाम कुश्मा र म्याग्दी सदरमुकाम बेनी तथा मुस्ताङ जोड्ने राजमार्ग भएका कारण पछिल्ला दिनमा सो सडकखण्डमा सवारी साधनको चाप अत्यधिक बढेको छ ।
Previous Articleमनाङमा फल्यो एउटै बगैंचामा ३ करोडको स्याउ
Next Article भोजपुरका युवाले २ बोटको रूद्राक्ष ५५ लाखमा बेचे