
युएईमा अबैधानिक रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्किन वा बैधानिक बनेर बस्न दिएको तीन महिनाको समय सिमा सकिए पछी डिसेम्बर १ तारीख सम्मको लागि समय थप गरिएको स्थानीय संचारमाध्यमले जनाएका छन्।
आममाफी कार्यक्रममा सहभागी भएका केहि देशका नागरिकको कागजात जारी गर्न र प्रक्रिया पूरा गर्न बाकी रहेको भन्दै दूतावासहरुले समयसिमा थप गर्न माग गरेसंगै युएई सरकारले ३० दिनको समय थपेको गल्फ न्युजमा खबर छ। अबैधानिक कामदार भेटिएमा कडा कारबाही गरिने युएई सरकारले जनाएको छ। सरकारले आममाफीमा सहभागी भएर बैधानिक बन्न चाहेका कामदारलाई ६ महिनाको अस्थायी भिसा उपलब्ध गराइ काम खोजेर लाग्न सक्ने नियम समेत लागू गरेको छ भने आममाफीमा सहभागी भएर स्वदेश फर्किएका हरुलाइ समेत कुनै प्रतिबन्ध नलाग्ने र उनीहरु पुन युएई आउन चाहेमा आउन सक्ने बताएको छ।