एबेर अस्पताल,रुवा मस्कटको सहकार्यमा आयोजित सिविरबाट एक सय भन्दा धेरै नेपालीहरुले परामर्श र सेवा लिएको नेपाली दूतावास ओमानले जानकारी दिएको छ। राजदूत शर्मिला पराजुली ढकाल द्वारा दिप प्रज्जोलन गरि सुरु गरिएको कार्यक्रममा ओमनका विभिन्न ठाउँमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेकोे थियोे।
कार्यक्रममा बोल्दै राजदूत ढकालले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएको हुँदा यसलाई जोगाउन सकेमात्र धनको औचित्य हुने भन्दै स्वास्थ्यमा ध्यान दिन सबैलाई अनुरोध गरेकी छिन। “रोजगारीका लागि बिदेश आउने युवा युवती रास्ट्रका गहना हुन उनीहरुको ध्यान राख्नु हाम्रो कर्तब्य हो दूतावासले आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्दै जानेछ” राजदूत ढकालको भनाइ छ।
यस्तै कार्यक्रममा ओमन मेडिकल ग्रुपका निर्देशक जमशेर हामाजाले ओमन अस्पतालको कार्यक्रम र सेवा बारे जानकारी दिएका थिए।यस्तै डा सुकुमारन भिन्जेल तथा वरिष्ठ सल्लाहकारले लापरोस्कोपिक सर्जरीको बारेमा विस्तृत जानकारी दिएका थिए।कार्यक्रममा एबि अस्पतालले भविष्यमा प्रयोग गर्न सक्ने सगि सहभागीहरु लाई लागि सहभागीहरूलाई मेड कार्ड समेत वितरण गरेको थियोे।
कार्यक्रममा नेपाली डायस्पोराका सदस्यहरुले दुई नेपाली नृत्यहरू प्रदर्शन गरेका थिए ।उनिहरुलाइ एभन ब्यूटी उत्पाद कम्पनीले निःशुल्क उपहार हम्पर्स वितरण गरेको थियोे भने भाग्यसाली लक्की ड्र मार्फत दुई सहभागिहरुले एकतर्फी हवाई टिकट उपहार पाएका थिए।भाग्यशालि बिजेताहरुलाई राजदूत ढकालले उपहार टिकट वितरण गरेकी थिइन्।
कार्यक्रमको समापन पछी दूतावासले सहभागी सबैलाई खानाको ब्यबस्था समेत गरेको थियो।