गायिकामाथि हिंसाको अरोप लागेपछि चर्चित रियालिटी शो इन्डियन आइडल सिजन १० को जजबाट बाहिरिएका अनु मलिका स्थानमा नयाँ जर्ज आएका छन् ।
शो मा नेहा कक्कड, विशाल डडलानी तथा अनु मलिक जजको रुपमा रहेका थिए । तर मीटू अभियानमा क्रममा अनुमाथि सोना माहापात्रले आरोप लगाएपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै मलिक अब जजको रुपमा नरहेको र नयाँ गायक तथा संगितकारलाई शोमा ल्याइने बताएको थियो ।
अनु मलिकले गीत गाउनका लागि आफूलाई चुम्बन गर्न भनेको श्र्वेता पण्डिले आरोप लगाएकी थिइन् ।
अब अनु मलिकको स्थानमा इन्डियन आइडलमा गायक सलीम मर्चेंटलाई ल्याइने भएको छ ।
स्वयं सलीमले ट्वीटबाट यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, इन्डियन आइडलको सुटिङमा जान लागि रहेको छु ।