हिन्दु नेपालीहरुको महान चाड विजया दशमीको कारण यो साता बजारमा नयाँ गीत संगीत भित्रिने क्रममा केही कमी आएको छ । तापनि यो साता करिब आधा दर्जन बढी नयाँ गीत संगीत बजारमा भित्रिएका छन् । ती यस्ता छन्ः
‘अलि अलि’
गायक तथा संगीतकार शिव परियारको पछिल्लो गजल गीत ‘अलि अलि’को म्युजिक भिडियो बजारमा आएको छ । राहुल साहद्धारा निर्देशित भिडियोमा राहुल साहसँगै अलिशा शर्मासँगको पनि अभिनय रहेको छ ।
‘फिदा..’भन्ने उर्दु शब्दलाई प्रयोग गरिएको यस गजलमा शिव परियारको स्वर तथा संगीत सुन्न सकिन्छ भने शब्द इन्द्रनारायण चोंग्वांग लिम्बु रहेको छ । यो गीत शिवालय भाग २ एल्बममा समाबेश गरिएको छ ।
बाल गायिका दर्शना महर्जनले विल्कुनै भिन्न स्वादको ‘म्यासअप’ गीतको म्युजिक भिडियो सार्वजनिक गरकी छन् । नरेन्द्र महर्जनको प्रस्तुति, ज्ञानेन्द्र शर्माको छायांकन, सुरेन्द्र बसेलको कोरिग्राफी, डिजे. एलएस् पौडलेको मिक्स, म्यासअप रहेको भिडियोका निर्देशक निशान घिमिरे हुन् ्
गायिकाको आफ्नै युट्युव मार्फत सार्वजनिक गरेकी भिडियोमा उनले नै नृत्य गरेकी छन् ।
पाँच दर्जन भन्दा बढी गीतमा स्वर भरिसकेकी गायिका दर्शनाले पछिल्लो पटक अर्जुन पोखरेलको संगीतमा चलचित्र ‘हिफाजत २’ को गीत अन्जु पन्तसँग गाएकी थिइन् ।
‘एक जमानामा’
गायक देवकुमार मगरको स्वर रहेको गीतका ‘एक जमानामा’ को भिडियो सार्वजनिक भएको छ । गायकै शब्द तथा चन्दु गोरखालीको संगीत रहेको गीतमा देवकुमारले आफनो विगतको प्रेमलाई समेटेका छन् ।
भिडियो कुल केसीले निर्देशन गरेका हुन् । भिडियोमा सितल केसी, दिपेन्द्र श्रेष्ठ, विजय श्रेष्ठ, पुजा भण्डारी, सिर्जना कार्की, डिम्पी ठकुरीको अभिनय रहेको छ ।
‘आइ एम ट्रयाप’
गायक सुशन सीको स्वरमा रहेको ‘आइ एम ट्रयाप’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा छायांकन गरिएको भिडियोमा राजु कान र प्रतिभा महर्जनको अभिनय देख्न सकिन्छ ।
गायक सुशनकै शब्द तथा संगीत रहेको गीतको भिडियोलाई राजु कानले निर्देशन गरेका हुन् । कृष्ण सुबेदीले छायांकन गरेको भिडियोमा प्रविन श्रेष्ठको सम्पादन रहेको छ । भिडियोको निर्देशन राजु कानले गरेका हुन् ।
‘पिरतीको रंग’
गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।
पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। ुमखमली चोलीुको सफलता पछि त्यहीँ टीमबाट यस म्युजिक भिडियो तयार भएको छ।
शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ । पुष्प र आंचलले सँगै काम गरेको यो पहिलो भिडियो हो । राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ।
‘काली काली’
राजकुमार लामा तामाङले दशैंको अवसर पारेर दुई गीत सार्वजनिक गरेका छन् । उनकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि अहिले सार्वजनिक गरिएको छ । गीतहरुमा तामाङ सेलो गुराँस टिप्न र लोक पप गीत काली काली रहेका छन् ।
पछिल्लो समयका निकै नै व्यस्त भिडियो निर्देशक प्रियजन राईको निर्देशनमा दुवै भिडियो निर्माण भएका हुन् । गुराँस टिप्न बोलको तामाङ सेलोमा दिपेश एस.के.र दिप्ती तामाङको अभिनय रहेको छ भने काली काली बोलको लोक पप गीतको भिडियोमा समिर राई र निशा तामाङको अभिनय देख्न सकिन्छ ।
‘मुटुमा बसेनी’
जीवन शाही र मोडल सगुन शाहीको अभिनय रहेको गीत ‘मुटुमा बसेनी’को भिडियो सार्वजनिक भएको छ ।
ईन्द्र नारायण चोङवाङको शब्द तथा संगीत र प्रमोद खरेलको स्वर रहेको गीतको भिडियोमा बिपरीत लिंग प्रतिको गलत सोचको कारण मानव जीवनमा आई पर्ने उतार चढावको कथालाई सहज ढंगले प्रस्तुत गरिएको छ । भिडियो जीवन शाहील नै निर्देशन गरेका हुन् ।
‘नेपालकी छोरी…’
राष्ट्रिय भावनाको म्युजिक भिडियो ‘चाहे भन काली मलाई, चाहे भन गोरी… नेपालकी छोरी…..’ सार्वजनिक भएको छ । मित्र के.सीको शब्द, ओजस्वी झाको स्वर रहेको भिडियोका निर्देशक अनिष लामा हुन् । राजकुमार महर्जन निर्माता रहेको आकर्षक भिडियोमा पुजा महर्जन, स्मृति योञ्जन लगायत प्याराडाईज स्कुल सानेपाका विध्यार्थीहरु देख्न सकिन्छ ।
‘आना र सुक्का’
गायक गोविन्द चेम्जुङ लिम्बुको आना र सुक्का गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गोविन्द चेम्जुङ र मेलिना राईले गाएको आना र सुक्कामा रामजन सुब्बाले लेखेका हुन् । यस गीतमा तारा प्रकाश लिम्बुले संगीत गरेका छन् ।
२०१७ का पुर्वाञ्चल आइडल समते रहेका चेम्जुङ पछिल्ला समयमा गीतसंगीतमा लागिपरेका छन् । उनि भन्छन् गीतसंगीतमा लागेर नै केहि गरौ भन्ने सोचका साथ संगीत क्षेत्रमा प्रवेश गरेको बताए । अहिले आना र सुक्का बोलको गीत बजारमा लिएर आएको छु ।
दर्शक स्रोताहरुले मन पराउनुहुनेछ भन्नेमा आफु विश्वस्त रहेको समेत बताए । आना र सुक्का पछिल्ला पिडिले विर्षदै गएको बेला आफुले पुराना शब्दलाई विउझाउनका लागी भए पनि यस्तो बजारमा ल्याएको बताएका छन् । यस गीतको म्युजिक भिडियोमा एलिसा राई र पुस्कर दाहाललाई देख्न सकिने छ । अभिनय गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।
‘जब देखि देखें तिमीलाई…..’
‘नक्कली मोरीको …’ सफलता पछि विगत डेढ दशक देखि साँगितिक क्षेत्रमा निरन्तर लागिपर्दै आईरहेका गायक, सङ्गीतकार रुपेश डङ्गोलले दशैंको शुभ कामना स्वरुप ‘जब देखि देखें तिमिलाई……’ बोलको गीत लिएर दर्शक, स्रोता माझ आएका छन् ।
दि फ्रिक स्ट्ेट ब्याण्डको संलग्नतामा राजकुमार महर्जन, खगेश रञ्जितकार, सुभाष मालिको विशेष सहयोग रहेको भिडियोका निर्देशक राजिव श्रेष्ठ हुन् । गीतको भिडियोमा रेक्श रञ्जित, नैना खड्गीको अभिनय रहेको छ ।
सिम सिम पानी
मोडल सृष्टी खड्का फिचर म्यजिक भिडियो सिम सिम पानी सार्वजनिक भएको छ । भिडीयोमा उनलाई सागर लोप्चनले साथ दिएका छन । कृष्णभक्त महर्जनको स्वर संगीत र शब्द रहेको गीतको म्युजिक भिडियोमा उत्कृस्ट निर्त्य देख्न सकिन्छ भने गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।
गायक महर्जनले यस अघि पनि बिभीन्न गीतहरु बजारमा ल्याइसकेका छन । सोनम पाख्रिनले निर्देशन गरेका भिडियोमा विकास दाहालको सम्पादन ,उत्सव दाहाल छायाँकन समाबेस रहेको छ । भिडियो काठमाडौँ आसपासका स्थानमा खिचिएको हो ।
Source : ratopati