प्रताप बानियाँ/रुप्से दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्लास्तरीय संयन्त्र गठन भएको छ । संयन्त्रमा भूपेन्द्रबहादुर थापा, हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, देवेन्द्रबहादुर केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले, रेशम जुग्जाली, टेकबहादुर विश्वकर्मा, शेरबहादुर केसी र देवराज सुवेदी रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशका सह–इन्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको विशेष उपस्थितिमा संयन्त्र गठन गरिएको बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर नेकपा म्याग्दीले जानकारी दिएको छ । नेकपाले गाउँपालिकास्तरमा पनि संयन्त्र गठन गरेको छ भने जिल्लाको संयन्त्र १०, नगरपालिका ८, गाउँपालिका ६ र वडाको ४ सदस्यीय रहेको बताएको छ ।
बेनी नगरपालिकाको संयन्त्रमा प्रमोद श्रेष्ठ, विनोद केसी, राजकुमार थापा, शेरबहादुर केसी, नारायण जिसी, बेलबहादुर चोखाल, कुशल पौडेल र पदम पुन रहेका छन् । रघुगंगामा दिपक कार्की, रिम केसी, निरज पुन, हरि भण्डारी, ध्रुव सुवदी र पदम पुन रहेको नेकपाका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले जानकारी दिए । यसैगरी अन्नपूर्णमा नारायण पुन, बागविर पाईजा, श्याम राना, पूर्ण पाईजा, खड्ग गिरी र सुवास विक रहेका छन्भने मंगलामा प्रेमप्रसाद रेग्मी, देवराज सुवेदी, रत्न विक, चन्द्र बुढा, शतप्रसाद रोका र यामबहादुर रोका रहेको उनले बताए ।
त्यस्तै मालिकामा कर्ण रोका, रेशम जुग्जाली, बेगप्रसाद गर्बुजा, राजेन्द्र शेरचन, खरमाया बिटालु र गोविन्द सिउँथानी, धौलागिरीमा थमसरा पुन, देउप्रसाद छन्त्याल, खुमनाथ सुवेदी, यमन रोका, कलानिधि सुवेदी र झकबहादुर छन्त्याल रहेको नेकपाका केन्द्रीय सदस्य थापाले बताएका छन् । गाउँपालिकास्तरमा संयन्त्रको वैठक सञ्चालनका लागि बेनी नगरपालिकामा भूपेन्द्रबहादुर थापा र गोविन्द पौडेल, रघुगंगामा बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा, अन्नपूर्णमा देवेन्द्र केसी र शेरबहादुर केसी, मंगलामा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदी, मालिकामा हरिकृष्ण श्रेष्ठ र रेशम जुग्जाली तथा धौलागिरीमा देवबहादुर घले र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ ।
नेकपाका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको वैठकले पार्टी कार्यालय शहिद स्मृति भवनलाई नै प्रयोग गर्ने र कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि हरिकृष्ण श्रेष्ठ र गोविन्द पौडेललाई जिम्मा दिने निर्णय गरेको छ । उक्त वैठकमा पार्टीका कार्यकर्ताबीच अन्तरघुलन गर्दै एकताको सन्देश दिनेगरी नेपालीहरुको घर आँगनमा आइपुगेको विजयादशमी, शुभदिपावली र छठपर्वको पूर्वसन्ध्यामा आउँदो २९ गते पार्टी कार्यालयमा शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको नेकपाका नेता हरिकृष्ण श्रेष्ठले बताए । त्यसैगरी आगामी मंसिर ८ गते जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
Previous Articleमल्लाजमा पुनर्निर्मित कोतमन्दिरको उद्घाटन
Next Article जनताको साथी सहकारी