मुम्बइको त्रिचीबाट दुबइको लागि उडान भर्न लागेको एयर इन्डियोको विमान दुर्घटनाबाट जोगिएको छ । यो फ्लाइट रनवेबाट उडान भर्नासाथ एयरपोर्ट कम्पाउन्डमा रहेको भवनको पर्खालमा ठोकिएको थियो ।
यो विमानमा १३६ मानिस सवार थिए । टेक अफ गर्ना साथ विमानको अगाडिको पांग्रा भवनहरुमा ठोकिएको थियो यो फ्लाइट पछि मुम्बइम सुरक्षित अवतरण गराइएको थियो ।
विमान मुम्बइमा अवतरण गरिएपछि अधिकारीहरुले घटनाको अवस्थाबारे समिक्षा गरेका थिए ।
विमानका साथ भएको यस्तो दुर्घटनापछि विमानको रुटमा परिवर्तन गरेर मुम्बइमा ल्याण्ड गराइएको छ । उक्त विमानको जाँच गरिएको थियो ।