त्यस्तै प्रदर्शन बिहीवार पनि गर्दै एम्बाप्पेले आइसल्यान्डविरुद्धको खेलमा एक गोल गरेर अनि अर्को गोलका लागि माहौल मिलाएर फ्रान्सलाई हारबाट जोगाएका छन् । यसक्रममा उनी फ्रान्सका लागि २० वर्षको उमेरअघि १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
फ्रान्स आइसल्यान्डविरुद्ध दुई गोलले पछि परेको अवस्थामा एम्बाप्पेले खेलको अन्त्यतिर अद्भुत प्रदर्शन गरेर बराबरीमा ल्याए ।
फ्रान्सको पहिलो गोलका लागि उनले विपक्षी खेलाडीलाई आत्मघाती गोल गर्ने वातावरण बनाए ।
तर त्यसपछि उनी आफैंले पेनाल्टीमा गोल गरेर फ्रान्सलाई खेलमा फर्काए ।
फ्रान्सका लागि उनले निरन्तर राम्रो प्रदर्शन गरेर विश्व फूटबलमा शीर्ष जवान खेलाडीको हैसियत बनाइसकेका छन् । फ्रान्सले रुसमा विश्वकप जित्दा एम्बाप्पेले सर्वोत्कृष्ट जवान खेलाडीको पुरस्कार जितेका थिए र गोल्डन बोई पुरस्कार
लगातार दोस्रो वर्ष जित्ने पहिलो खेलाडी उनी नै बन्ने अपेक्षा छ ।
गोल डट्कमबाट